त्रिवि परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइनबाटै बुझाउन मिल्ने व्यवस्था*
पुस १८, २०८१ ९:३७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत बुझाउन मिल्ने व्यवस्था लागू गरेको छ । मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलबाटै उपलब्ध गराउन सकिने व्यवस्था गरेको हो ।
परीक्षार्थीको हाजिरी सजिलो र व्यवस्थित बनाउने उद्देश्यले त्रिविले उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रहरूलाई अनलाइन पोर्टल उपलब्ध गराएको छ । सोही पोर्टल प्रयोग गरी परीक्षा केन्द्रले परीक्षार्थीको हाजिरी अनलाइन प्रणालीबाट परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्नेछ । विद्यार्थीले भने कागजमै हाजिर गर्नुपर्नेछ । पहिले परीक्षा केन्द्रले हाजिरी कागज नै पनिकालाई भौतिक रूपमा उपलब्ध गराउनु पर्ने वाध्यता थियो । अब भने परीक्षा केन्द्रले हाजिरी कागजको फोटो खिचेर पोर्टलमा अपलोड गर्नुपर्नेछ ।
- *शीर्षक सच्याइएको छ । -सं !
पछिल्लो अध्यावधिक: पुस १८, २०८१ १०:३५
