काठमाडौं । पोखरामा आजदेखि विद्युतीय गाडीको एक्सचेन्ज तथा टेस्ट ड्राइभ कार्यक्रम सुरु भएको छ । बराल ग्रुपले शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टर, लेकसाइडमा प्रदर्शनी सुरु गरेको हो ।
प्रदर्शनीमा निसान, ओमोडा एण्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायत ब्रान्डका विद्युतीय तथा अन्य गाडी राखिएका छन् ।
शारडा ग्रुपले ओमोडा, जेइको, जिकर र निसानका नयाँ मोडलहरू प्रदर्शन गरेको छ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर, सिट्रोन ई–सीथ्री लगायतका ईभी राखेको छ ।
कार्यक्रममा सहभागीले ईभी अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गर्न सक्नेछन् । त्यस्तै, पुरानो गाडी साटेर नयाँ ईभी लिँदा विशेष छुटको व्यवस्था छ । साथै ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ ।
आयोजकका अनुसार ईभी किन्दा विभिन्न एक्सेसरिज, बीमा सुविधा र ७ वाटको चार्जर निःशुल्क उपलब्ध गराइने छ ।