close

बुटवल पुग्यो फुडमाण्डु, प्रत्येक अर्डरमा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

माघ ११, २०८१ १४:६

बुटवल पुग्यो फुडमाण्डु, प्रत्येक अर्डरमा ३० प्रतिशत छुट

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले बुटवलमा सेवा विस्तार गरेको छ । बिहीबार बुटवलको ‘डी क्राउन इन’मा आयोजित विशेष कार्यक्रममार्फत कम्पनीले सेवा विस्तारको घोषणा गरेको हो । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा कम्पनीले आफ्नो उपस्थिति जनाइसकेको छ । 

फुडमाण्डुले हालसम्म एक हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै तीन लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरेको कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक मनोहर अधिकारीले जानकारी दिए । ‘वानमार्ट’ जस्ता नवीन सेवाहरू सञ्चालन गर्दै आएको कम्पनीले किराना र उपभोग्य वस्तुहरू तुरुन्त डेलिभरी गर्ने सुविधा पनि सुरु गरिसकेको छ ।

बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरेको फुडमाण्डुले तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैनामैना लगायतका क्षेत्रहरूमा सेवा पुर्‍याउने योजना अघि सारेको छ । कम्पनीले निकट भविष्यमा रेस्टुरेन्टहरूको नेटवर्क थप विस्तार गर्ने योजना ल्याएको छ । 

फुडमाण्डुले बुटवल लन्चको अवसरमा ग्राहकहरूका लागि ‘HiButwal’ प्रोमो कोड सार्वजनिक गरेको छ । यस कोड प्रयोग गरी ग्राहकहरूले प्रत्येक अर्डरमा ३० प्रतिशत छुट (अधिकतम २५० रूपैयाँसम्म) प्राप्त गर्न सक्नेछन् । यो विशेष अफर माघ महिनाभर लागू हुनेछ ।

फुडमाण्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बुटवलमा सेवा विस्तार गर्नु उत्साहजनक भएको बताइन् । उनका अनुसार, अब बुटवलवासीहरूले आफूलाई मनपर्ने परिकारहरू केही क्लिकमै घरमै पाउनेछन् ।


 

पछिल्लो अध्यावधिक: माघ ११, २०८१ १४:६