close

खल्तीबाट सजिलै वर्ल्डलिंकको इन्टरनेट जोड्न सकिने, साथमा १ हजार रुपैयाँ क्यासब्याक

टेकपाना टेकपाना

फागुन २२, २०८१ १५:१०

खल्तीबाट सजिलै वर्ल्डलिंकको इन्टरनेट जोड्न सकिने, साथमा १ हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । खल्ती एपमार्फत वर्ल्डलिंकको नयाँ इन्टरनेट जडान गर्न थप सजिलो हुने भएको छ । नयाँ इन्टरनेट कनेक्सनका लागि सजिलै आवेदन दिन सक्नेगरी खल्ती एपमा फिचर परिमार्जन गरिएको हो ।

यस प्रक्रियामा खल्ती एप खोल्दा ‘Recharge and Bill Payments’ अप्सनमा रहेको ‘Internet/TV’ मा ट्याप गर्नुपर्छ ।

त्यसपछि तेस्रो अप्सनमा रहेको ‘Go Direct Mini’ मा ट्याप गर्दा वर्ल्डलिंकको नयाँ जडानको पेज खुल्नेछ । यहाँ ग्राहकले नयाँ जडानको लागि आफ्नो नाम, मोबाइल नम्बर, ठेगाना र इच्छाएको योजना छनोट गर्न सक्नेछन् ।

यो प्रक्रियामार्फत तीन महिनाको योजना छनोट गर्दा पाँच सय रुपैयाँ र एक वर्षको योजना छनोट गर्दा एक हजार रुपैयाँ खल्ती वालेटमा क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले ‘Proceed only if you are requesting a new connection or installation’ अप्सन चयन गरेपछि मात्र प्रक्रिया अघि बढ्ने बताइएको छ । यो सुविधासँगै वर्ल्डलिंकका नयाँ ग्राहकले घरमै बसी खल्ती एपबाट सजिलै नयाँ इन्टरनेट जडान प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८१ १६:३८