काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वसूचना सेवा सञ्चालन गरेको छ । मनसुन आगमन भइसकेकोले आजदेखि मनसुन अवधिभरका लागि बाढी पूर्वसूचना सेवा सञ्चालन सुरु गरिएको विभागले जनाएकाे छ । यसअन्तर्गत हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुल...
