काठमाडौं । अब निकासी पैठारी सम्बन्धि व्यपारिक कार्यको अनुमति अनलाइनबाटै लिन सकिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सेवाप्रवाहलाई आधुनिकीकरण गर्दै जाने सन्दर्भमा साझेदारी फर्म र व्यापारमुलक कम्पनीलाई समेत अनलाइन सेवा दिने भएको हो । विभागले य...
