काठमाडौं । नेपालको सूचना तथा सञ्चार क्षेत्रको वार्षिक बजार करिब दुई खर्ब रुपैयाँको रहेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को अन्तिम तथ्यांकअनुसार वर्षभर सूचना तथा सञ्चार क्षेत्रको व्यापार एक खर्ब ९४ अर्ब ४ करोड रुपैयाँको देखिएको हो । ...
