दुवै जना कम्प्युटरका विद्यार्थी । प्रकाश न्यौपाने कम्प्युटर साइन्स पढेका अनि रवि सिंघल कम्प्युटर इन्जिनियरिङ । दुवै प्रायः भेट भइरहने । प्रकाशले एयरलाइन्सको अनलाइन टिकेटिङका लागि नेपफ्लाइट कम्पनी सुरु गरेका थिए । रविले भने डिजिटल मार्केटिङ कम्पनी सोसल एभ्स । त्यसअघि उनीहर...
