काठमाडौं । नियमनकारी निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा परामर्श दिने कम्पनीहरूको रोस्टर तयार पार्ने भएको छ । नियामकले मोबाइल, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्फर्मेसन सेक्युरिटी (आईएस) अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्नेह...
