काठमाडौं । ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको फोन नम्बर र व्यक्तिगत विवरण अनलाइनमा लिक भएको छ । लो लेभल ह्याकिङ फोरममा लिक भएको याे घटनामा फेसबुक प्रयाेगकर्ताकाे फोन नम्बर, पुरा नाम, ठेगाना, ईमेल एड्रेस र बायोग्राफिकल इन्फर्मेशन समावेश छ ।
साइबर सुरक्षा अनुसन्धानकर्मीहरुले लिक भएका डेटालाई ह्याकरहरूले दुरुपयोग गर्न सक्ने चेतावनी दिएका छन् ।
लो लेभल ह्याकर ग्रुपका एक प्रयोगकर्ताले अनलाइनमा निःशुल्क रुपमा यति ठूलो परिमाणमा फेसबुक प्रयोगकर्ताको डेटा लिक गरिदिएका हुन् ।
बिजनेश इन्साइडरको एक समाचार अनुसार १०६ देशका ५३ करोड प्रयोगकर्ताको डेटा लिक भएको छ । यसमध्ये ३ करोड २० लाख फेसबुक प्रयोगकर्ता अमेरिकाका रहेका छन् ।
हाम्रो छिमेकी देश भारतका ६० लाख फेसबुक प्रयोगकर्ताको डेटा बाहिरिएको छ । नेपालका पनि ठूलाे संख्यामा प्रयाेगकर्ताकाे डेटा लिक भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।
फेसबुकले याे डेटा ब्रिच घटनाबारे कुनै प्रतिक्रिया दिइसकेकाे छैन ।
All 533,000,000 Facebook records were just leaked for free.
This means that if you have a Facebook account, it is extremely likely the phone number used for the account was leaked.