close

आईएमई पे एपबाट जुनसुकै क्यूआर स्क्यान गर्दा एक हजारसम्म जित्न सकिने

टेकपाना टेकपाना

भदौ १७, २०७८ ८:११

आईएमई पे एपबाट जुनसुकै क्यूआर स्क्यान गर्दा एक हजारसम्म जित्न सकिने

काठमाडौं । आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सकिने भएको छ । बुधबारदेखि सुरू भएको यो योजना असोज १४ सम्म लागू हुनेछ ।

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्ष्य नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आईएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३