close

सामसङका स्मार्टफोन वा ट्याब किन्दा हरेक दिन सुनको सिक्का जित्न सकिने

टेकपाना टेकपाना

कात्तिक १५, २०७८ १२:५७

सामसङका स्मार्टफोन वा ट्याब किन्दा हरेक दिन सुनको सिक्का जित्न सकिने

काठमाडौं । सामसङले आफ्ना स्मार्टफोन वा ट्याब खरिद गर्ने ग्राहकका लागि सुनको सिक्का जित्न सकिने अफर ल्याएको छ ।

कम्पनीले चाडबाडको अवसरमा ल्याएको यो अफरअन्तर्गत कुनै पनि सामसङ स्मार्टफोन वा ट्याबको खरिदमा हरेक दिन तीन जनाले ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।

सामसङका उत्पादन खरिद गर्ने ग्राहकले एसएमएस गरी लक्की ड्रमा सहभागी हुनसक्नेछन् ।

यसका लागि फाेनमा SAMSUNG टाइप गरी स्मार्टफाेन वा ट्याबकाे सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ । सिरियल नम्बर थाहा पाउन फाेनमा *#06# डायल गर्नुहाेस् वा सेटिङमा गएर ‘Check about my phone’ मा जानुहाेस् ।

हरेक हप्ता विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत कात्तिक २३, कात्तिक ३०, मंसिर ७, मंसिर १४ र मंसिर २१ मा विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

यो योजना आगामी मंसिर १४ सम्ममात्र लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१