close

नयाँ मोबाइल किन्नु भयो ? प्रयोगको सुरुवात यसरी गर्नुहोस्

टेकपाना टेकपाना

पुस ९, २०७६ २०:२२

नयाँ मोबाइल किन्नु भयो ? प्रयोगको सुरुवात यसरी गर्नुहोस्

तपाईले भर्खरै नयाँ एन्ड्रोइड फोनलाई प्याकेटबाट निकाल्नु मात्र भएको छ भने पक्कै पनि तपाईंलाई निकै नै खुल्दुली भइरहेको हुनुपर्छ । बक्सबाट एन्ड्रोइड फोन निकाल्दै गर्दा केही यस्तो कामहरु गर्नु भयो भने तपाईले त्यसबाट एकै दिनमा धेरै कुराहरु प्राप्त गर्नसक्नुहुन्छ ।

१. फोन चेक गर्नुहोस्

आफ्नो डिभाइसलाई बक्सबाट पहिलोपटक निकाल्दै गर्दा तपाईले त्यसका सम्पूर्ण एसेसिरिजहरु आएका छन् कि छैनन् भनेर सुनिश्चित गर्नुहोस् । वारेन्टीको विषय हेर्नुहोस् । चार्जर साथमा आएको छ वा छैन, इयरफोनको सेट छ वा छैन ? यी सबै कुराहरु ध्यान दिएर हेर्नुहोस् । फोनहरु आउँदा सधै आधा चार्ज भएर आउने गर्छन् त्यसलाई सुरुमा फुल चार्ज गर्नुहोस् ।

२. गुगल अकाउन्टमा लग इन गर्नुहोस्

तपाई वाईफाई वा डेटा नेटवर्कको एक्सेसमा हुनुहुन्छ भने पक्कै पनि डिभाइसलाई कनेक्ट गर्नु नै हुन्छ । डिभाइसलाई अन गर्ने बित्तिकै तपाईंको एउटा ‘वाकथ्रु’ले ‘सेटअप प्रोसेस’मा तपाईलाई निर्देशित गर्दै लैजानेछ । सेटअप गर्दै जाँदा गुगल अकाउन्टमा पनि लग ईन गर्ने निर्देशन आउँछ ।

तपाईले त्यसलाई बेवास्ता पनि गर्न सक्नुहुन्छ तर त्यो ‘स्किप’ नगरेर प्रक्रियामा जाँदा तपाईलाई फाइदा हुन्छ । गुगल अकाउन्टमा लग ईन गर्दा तपाईको डिभाइसलाई गुगलले धेरै सेवाहरुमा जोड्छ । यो अकाउन्टलाई एक्टिभेट गरेपछि इमेल, क्यालेण्डर, कन्ट्याक्ट लिस्टहरु स्वतः सेटअप हुन्छन् ।

साथै यसले तपाईको डिभाइसभर तपाईको पहिचानलाई एकआपसमा ‘सिन्क्रोनाइज’ गरिदिन्छ । प्लेस्टोरको उपयोगका लागि पनि यो आवश्यक छ । यदि यसअघि पनि तपाईले एन्ड्रोइड फोन नै प्रयोग गर्नु भएको थियो भने तपाईले केही चमत्कार पनि हेर्न पाउनुहुन्छ ।

गुगल अकाउन्टमा लग ईन गरेपछि तपाईको फोन गुगल प्लेस्टोरसँग कनेक्ट हुन्छ र यसले तपाईको सबै पुराना एप्सहरु डाउनलोड गर्न थाल्छ । एकैछिनमा तपाईको नयाँ फोन एकदै छिटो, र स्मुथ सेवाका साथ तपाईको पुरानो फोन जस्तै सहज भइदिन्छ ।

३. ब्लोटवेयरलाई ‘डिसेबल’ गर्नुहोस्

तपाईको फोनमा पुर्ववत रुपमै डाउनलोड भएका केही एपहरु हुन सक्छन् । जुन निर्माणकर्ता कम्पनी आफैले राखेका हुन्छन् । तर तपाईलाई आवश्यक नहुन सक्छ । यस्ता एपहरुले तपाईको फोनको स्पेस खाईदिन्छ र यसले फोनलाई स्लो बनाउने काम पनि गर्छ । फोनको क्षमतालाई बढाउन त्यस्ता एपहरु ‘अनइन्स्टल’ गर्न सक्नु भएन भने पनि डिसेबल गर्न चाहिँ सक्नुहुन्छ ।

तपाई आफ्नो फोनको सुरुवाती सेटअपको चरणमा हुनुहुन्छ भने वाकथ्रुले तपाईलाई थप मालवेयरबाट जोगाउने र अन्य सेवाहरुमा रजिस्टर गर्न आग्रह गर्छ । यस्ता चिजहरुलाई तपाई स्किप गरेर जानसक्नुहुन्छ । सेटअपको समयमा तपाईले गुगल अकाउन्ट बाहेक अरु कुनैपनि पनि साइनअप गर्न अनिवार्य छैन ।

४. स्पेस सेटअप गर्नुहोस् र केही नयाँ एपहरु डाउनलोड गर्नुहोस्

फोनमा तपाईको पुराना एपहरु इन्स्टल हुँदैछन् भने तिनै एपहरुलाई पुनः राखिराख्न कुनै जरुरत छैन । प्ले स्टोर भिजिट गर्नुहोस् र पुराना एपको सट्टा नयाँ एपहरु डाउनलोड गर्नुहोस् । केही गेमहरु डाउनलोड गर्नुहोस् र नयाँ म्युजिक प्लेयरहरु पनि राख्नुहोस् ।

यदि तपाईलाई आफ्नो फोनमा इन्स्टल भएको किबोर्ड मन परेन भने स्विफ्टकि, हाम्रो किबोर्ड, क्रोमा वा मिनमहरु डाउनलोड गर्नुहास् । यसले तपाईंलाई टाइपिङको नयाँ अनुभव दिनेछ । एकपटक ती सबै एपहरु इन्स्टल भईसकेपछि तपाई आफ्नो डिभाइसलाई इच्छाअनुसार कस्टमाइज गर्न सक्नुहुन्छ ।

नयाँ वालपेपर, रिङटन, होमस्क्रिन एप सर्टकट तथा विडगेट्सहरु कस्टमाइज गर्नसक्नुहुन्छ । स्क्रिन ब्राइटनेसलाई मिलाउनुहोस्, जेस्चर्स र अन्य उपयोगी फिचर्सहरुलाई इनेबल गर्नुहोस् ।

५. डिभाइसलाई सुरक्षित राख्नुहोस्

तपाईको फोन संवेदनशिल तथा गोप्य सूचनाको भण्डार पनि हो भन्ने कुरा कहिल्यै पनि नबिर्सिनुहोस् । त्यसैले आफ्नो डिभाइसको गोपनीयता र पहिचानको रक्षा गर्न केही निश्चित सेक्युरिटी मापनहरु मिलाउन आवश्यक छ ।

पिन कोड, प्याटर्न लकजस्ता सेक्युरिटी अप्सनहरुलाई सेटअप गर्नुहोस् । फिंगरप्रिन्ट स्क्यानर र फेसियल रिकग्निसन पनि फोनमा हुन्छन् । तर याद राख्नुहोस् कुनै पनि बायोमेट्रिक तरिकाभन्दा पासवर्डहरु सुरक्षित र बलियो हुन्छन् ।

फोनमा स्मार्टलक क्षमता छ वा छैन चेक गर्नुहोस् । स्मार्टलक एकदमै राम्रो फिचर हो । यसले कहिलेकाँही लकस्क्रिनलाई पनि बाइपास गरेर जानसक्छ ।

६. सबै कुरा अप टु डेट छ भन्ने कुरामा विश्वस्त हुनुहोस्

फोनले केही अपडेट मागिरहेको हुनसक्छ । कहिलेकाहीँ सामान्य फिक्सेसन तथा स्पिड इम्प्रुभमेन्टहरुका लागि पनि यस्तो हुन्छ । एन्ड्रोएडको पुरै नयाँ भर्सनका लागि पनि अपडेटको माग गरिरहेको हुन्छ ।

सेटिङदेखि अबाउट फोन र त्यसबाट सिस्टम अपडेटमा गएर तपाईले पछिल्लो सफ्टवेयर अपडेट हेर्नसक्नुहुन्छ । यसअलावा पूर्ववत रुपमा इन्स्टल भएका एपहरु पनि अपडेट गर्न सक्नुहुन्छ ।

यसका लागि प्लेस्टोरमा गएर माई एप एण्ड गेम्स सेलेक्ट गर्नुहोस् । त्यसपछि अप्डेट अलमा थिच्नुहोस् । त्यहाँबाट तपाईले सबै एपहरु अपडेट गर्नसक्नुहुन्छ ।

७. मोबाइल डेटा ट्रयाकिङ सेटअप गर्नुहोस्

यदि तपाईसँग अनलिमिटेड डेटा छैन भने तपाईले आफ्नो डेटा प्रयोगलाई मापन गर्न आवश्यक छ । मोबाइल डेटा ट्रयाक गर्न सजिलो काम हो । सेटिङमा गएर तपाई डेटा युजेजमा ट्याप गर्नुहोस् । त्यसपछि रिचार्ज गर्ने नियमित चक्र तथा आफ्नो योजना अनुसारको डेटाको मात्रा सेट गर्नुहोस् ।

अर्को स्टेपमा डेटा वार्निङ र डेटा लिमिटलाई पनि इनेबल गर्नुहोस् । आफ्नो एन्ड्रोइड डिभाइसमा डेटा ट्रयाकिङ फिचर पाउनु भएन भने प्ले स्टोरमा त्यस्ता धेरै एपहरु छन् । जस्तै माई डेटा म्यानेजर, त्यसलाई डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

८. आफ्नो डिभाइसलाई चिन्नुहोस्

आफ्नो फोनको सेटिङलाई चिन्ने र हेर्ने काम गर्नुहोस् । मेन्यु, सबमेन्युहरु हेर्दै खोतल्दै जानुहोस् । त्यसपछि कुन फिचर एपहरु कता बस्छन् ती सबै कुरा दिमागमा राख्नुहोस् । यसले तपाईलाई पछि कुनै फिचर एपहरुको खोजी गर्दा समयको बचत गर्न र थप नयाँ कुराहरु फेला पार्न मद्दत गर्छ ।

फोन निजी सम्पत्ति भएकोले यससँग परिचित हुन र यसभित्र कुन कुरा कहाँ छ, कत्तिको आवश्यक छ ? सबै कुरा थाहा पाईराख्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१