close

सार्वजनिक भयो सामसङको ‘वान यूआई ४’, कुन-कुन फोनले पाउँदैछन् अपडेट

टेकपाना टेकपाना

मंसिर १४, २०७८ १८:४६

सार्वजनिक भयो सामसङको ‘वान यूआई ४’, कुन-कुन फोनले पाउँदैछन् अपडेट

काठमाडौं । सामसङले आफ्ना स्मार्टफोन, ट्याब्लेट, घडी लगायतका उपकरणका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ । गोपनीयता र सुरक्षासम्बन्धी नयाँ फिचर समावेश गर्दै कम्पनीले ‘वान यूआई ४’ काे स्टेबल भर्सन औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

सुरुवाती चरणमा यो ‘ग्यालेक्सी एस २१’, ‘ग्यालेक्सी एस २१ प्लस’ र ‘ग्यालेक्सी एस २१ अल्ट्रा’ सिरिजमा समावेश हुनेछ । यसपछि ‘ए’ सिरिज र ‘जेड’ सिरिजका स्मार्टफोन र ट्याब्लेटले यो अपडेट पाउनेछन् ।

‘हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं,’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘चाँडै नै अन्य स्मार्टफोन र ट्याब्लेट प्रयोगकर्ताहरु पनि हाम्रो समग्र इकोसिस्टममा थप सहजताको अनुभव संगाल्दै यो सफ्टवेयर अपडेटबाट लाभान्वित हुनुहुनेछ ।’

कम्पनीका अनुसार नयाँ युजर इन्टरफेसमा प्रयाेगकर्ताका लागि थप कस्टमाइजेसन विकल्प दिइएको छ ।

यसमा ‘फोटो रिमास्टरिङ’ फिचर थप गरिएको छ, जसले प्रयोगकर्तालाई फोटो अझ सुन्दर बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

साथै यसमा प्रयोगकर्ताको चाहनाअनुसार आइकन, मेन्यु, ब्याकग्राउन्ड, कलर लगायतका विकल्प छान्ने सुविधा छ । साथै प्रयोगकर्ताले सामसङ किबोर्डमा ग्रामर एसिस्टेन्स फिचर पनि पाउनेछन् ।

वान यूआई ४ मा समावेश गोपनीयता र सुरक्षा फिचरकाे प्रयाेगबाट आफूले चाहेका सामग्री (फाइल) गोप्यरुपमा राख्न र शेयर गर्नसक्ने बताइएको छ ।

कुन कुन फोन र ट्याबले पाउँदैछन् अपडेट ?

Galaxy S series

Galaxy Note series

Galaxy Z series

Galaxy A series

Galaxy M series

Galaxy F series

Galaxy Xcover series

Galaxy Tab series

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२