close

पुरानो फोनको पर्फर्मेन्स बढाउने ५ सजिलो तरिका

टेकपाना टेकपाना

पुस ३, २०७८ १२:५६

पुरानो फोनको पर्फर्मेन्स बढाउने ५ सजिलो तरिका

काठमाडौं । एन्ड्रोइड फोन चलाउँदै जाँदा यसको पर्फर्मेन्स घट्ने गुनासो सामान्य बनिसकेको छ । प्राय: अधिकांश प्रयोगकर्ताको यो साझा गुनासो हो ।

तर हामीले केही सामान्य उपाय अपनाएर पनि फोनको पर्फर्मेन्स बढाउन सक्छौं । आज हामी यस्तै सामान्य, तर उपयोगी उपायको चर्चा गर्दैछौं, जसले एन्ड्रोइड फोनको पर्फर्मेन्स नयाँमा जस्तै उत्कृष्ट दिनसक्छ ।

१. प्रयोग नभएका एप अनइन्स्टल गरी मेमोरी खाली गर्नुहोस्

प्रयोग नभएका एप अनइन्स्टल गरी मेमोरी खाली गर्न सक्नुहुन्छ । यसले स्वचालित रूपमा तपाईंको फोनको पर्फर्मेन्स बढाउँछ ।

केही एन्ड्रोइड मोडलमा पहिले नै धेरै एप इन्स्टल भएर आउँछन्, जसमध्ये केही उपयोगी नहुन सक्छन् । ती एपलाई अनइन्स्टल गर्न सकिँदैन । तर तपाईं कम्तिमा तिनीहरूलाई डिसेबल गर्न सक्नुहुन्छ ।

२. मेसेज नोटिफिकेसन कस्टमाइज गर्नुहोस्

तपाईंले पछिल्ला एन्ड्रोइड अपरेटिङ सिस्टम भएका फोनमा आफ्नो मेसेज नोटिफिकेसनलाई आफूअनुकूल कस्टमाइज गरी निश्चित सम्पर्कहरूलाई महत्त्वपूर्ण वा प्राथमिकताको वर्गमा राख्न सक्नुहुन्छ । यसो गर्दा अन्य कुनै एप चलाउँदै पनि नोटिफिकेसन पाउनुहुन्छ ।

३. प्ले स्टोर बाहिरबाट पनि एप इन्स्टल गर्न सक्नुहुन्छ

तपाईं स्मार्टफोन कम्पनीको आफ्नै एप स्टोर वा गुगलको प्ले स्टोरको सट्टा अन्य स्रोतहरू वा वेबबाट एपहरू डाउनलोड गर्न सक्नुहुन्छ ।

यदि तपाईंले मोबाइलको प्ले स्टोरमा भनेको एप पाउनुभएन भने अनलाइन वेबसाइटहरूमा जाने विकल्प पनि छ । यद्यपि स्रोत विश्वसनीयत छ, छैन भनेर विचार गर्नुपर्छ ।

४. एन्टिभाइरस राख्नुहोस्

कुनै पनि मालवेयर आक्रमणबाट बच्न एन्टिभाइरस हुनु अत्यन्तै महत्त्वपूर्ण छ । गुगलको आफ्नै ब्युल्ट इन सेक्युरिटी भएपनि एन्टिभाइरस छ भने तपाईंको स्मार्टफोनलाई धेरै आक्रमण र भाइरसबाट सुरक्षित गर्न सक्छ ।

साथै, सिस्टममा आएका अपडेटहरूलाई नियमित इन्स्टल गर्नुहोस् । यसले फाेनमा नयाँ सेक्युरिटी सेटिङहरू प्रदान गर्दछ । साथै, अपडेटमा रहेका नयाँ सुविधाले भाइरसको जोखिमलाई हटाउँछ ।

५. स्टोरेज अपडेट गर्नुहोस्

एन्ड्रोइड फोनमा माइक्रो एसडी कार्ड राखेर फोनको एक्सटर्नल स्टोरेज बढाउन सक्नुहुन्छ । यसले तपाईंको फोनमा स्टोरेज मात्र बढाउँदैन, फोन र अन्य उपकरणबीच ठूलो मात्रामा डेटा पठाउन पनि अनुमति दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२