close

भीपीएन र प्रोक्सीमा नझुक्किनुहोस्, यस्तो छ फरक

टेकपाना टेकपाना

पुस १७, २०७८ १७:५१

भीपीएन र प्रोक्सीमा नझुक्किनुहोस्, यस्तो छ फरक

काठमाडाैं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरै जसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक छ ।

हुन त यी दुवै सेवा प्रयाेगकर्ताकाे गाेपनीयताका लागि लक्षित गर्दै ल्याइएकाे हुन्छ, जसले तपाईंलाई बेनामी तरिकाले आफ्नो आईपी एड्रेस विभिन्न तरिकाबाट लुकाएर इन्टरनेट पहुँच गर्न अनुमति दिनुहुन्छ। तर यिनीहरूको काम गर्ने शैली भने फरक फरक हुन्छ ।

भीपीएनले कसरी काम गर्छ सुरुमा यस विषयमा चर्चा गरौँ । प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्नका लागि प्रयोगकर्ताको वाईफाई नेटवर्कसँग जोडिएका सबै इन्टरनेट क्रियाकलापलाई भीपीएनको राउटरले आफ्नो सर्भरमा ल्याउँछ । कम्प्युटर तथा मोबाइलहरुमा भीपीएन एप्सहरु हुन्छन्, जसले ती डिभाइसहरुमा भीपीएन एप्स एक्टिभेट गरेर इन्टरनेट चलाउँदा प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्न सहयोग गर्छ ।

अर्काेतर्फ हामीले प्रयोग गर्ने डिभाइसहरुमा कति ब्राउजर प्रोक्सीमा आधारित सेवाहरु हुन्छन् । जसलाई हामी ब्राउजरमा रहेको भीपीएन भनेर भ्रम पालिरहेका हुन्छौँ । डेस्कटप वा मोबाइलमा भएका भीपीएनहरुले पुरै डिभाइसको गोपनियताको सुरक्षा दिइरहेको हुन्छ ।

यसले हाम्रो ब्राउजरमा हुने सबै किसिमका इन्टरनेट क्रियाकलाप, फाइल शेयरिङ एप्स तथा इमेल प्राप्तकर्ताको लिस्टलाई सुरक्षा दिन्छ । तर ब्राउजरमा आधारित प्रोक्सीले ब्राउजरमा भएका क्रियाकलापहरुको लागि मात्र सुरक्षा प्रदान गर्छ । ब्राउजरमा आधारित प्रोक्सीहरुको गोपनीयता र सुरक्षाको पाटो कमजोर हुन्छ । तर यिनीहरु धेरै फास्ट भने हुन्छन् ।

वितेका वर्षहरुमा ब्राउजरमा आधारित भीपीएन तथा प्रोक्सी सर्भिसको लोकप्रियता बढेको छ । विभिन्न ब्राण्डहरुले पनि यसमा हात हाल्दैछन् ।ओपेराले ब्राउजरले केही समयअघि निःशल्क रुपमा अनलिमिटेड भीपीएन सेवा सार्वजनिक गरेको दाबी गर्‍यो । तर पछि त्यो केवल एउटा प्रोक्सी सेवा भएको थाहा भयो । यसमा सिमित सर्भर थिए भने यसको इन्क्रिप्सन स्ट्याण्डर्ड पनि कमजोर थियो ।

यसले ओपेरा ब्राउजरमा खोलिएका साइटहरुमा आईपी डेटालाई मात्र सुरक्षा दिने देखियो । यसमा अन्य डेस्कटप भीपीएनहरुमा जस्तो थप फिचरहरु भने थिएनन् । भीपीएनले नेटफ्लिक्स एप होस् या टोरेन्ट क्लाइन्टमा होस्, डिभाइसबाट आउने सबै इन्टरनेट ट्राफिकलाई फूल इन्क्रिप्सन गरिदिन्छ । तर प्रोक्सीले त्यस्तो गर्न सक्दैन ।

हाल मोजिल्लाले पनि आफ्नो फायरफक्स ब्राउजरका लागि भीपीएन जस्तै एउटा सेवामाथि परीक्षण गरिरहेको छ । फायरफक्सको प्राइभेट नेटवर्क पनि एउटा प्रोक्सी सर्भिस नै हो । जसलाई धेरैले भीपीएन भनेर गलत अर्थमा परिभाषित गरिरहेका छन् । फायरफक्स प्रोक्सीले फायरफक्सको ब्राउजरबाट उत्पत्ति हुने डेटालाई मात्र इन्क्रिप्ट गर्छ तर सबै अपरेटिङ सिस्टमलाई गर्दैन ।

फायरफक्सको प्राइभेट नेटवर्कको तेस्रो परीक्षणकालमा यसले प्रोक्सी सेर्भिसले भन्दा धेरै सुरक्षा प्रदान गर्छ । तर यसमा केही कमजोरीहरु पनि छन् । मोजिल्लाले साझेदारी गरेको यो प्रोजेक्ट क्लाउडफ्लेयर हो । फायरफक्सको प्राइभेट नेटवर्क सेसनको समयमा यसले युजर डेटामा लग गर्छ ।

ब्राउजर बेस्ड माइक्रोसफ्ट एज भीपीएन नभए पनि विण्डोज टेनसँग ब्युल्ट ईन भीपीएन फिचर छ । जसलाई इनेबल गरेर प्रयोग गर्न सकिन्छ । यो त्यति धेरै प्रभावकारी त छैन, तर माइक्रोसफ्टले विस्तारै यसलाई अपग्रेड गर्दै लाने बताउँदै आएको छ । हालसम्मको अवस्था हेर्ने हो भने गुगल क्रोम र सफारी बाहेक भीपीएनका अन्य विकल्पहरु प्रयोगमा छैनन् ।

भीपीएनको कुरा गरिरहँदा हामीले छुटाउन नहुने भनेको टोर ब्राउजर पनि हो । यो वास्तवमा ठ्याक्कै भीपीएन त होइन तर यो कुनै प्रोक्सी सर्भिस पनि होइन । यसले वेभसाइटहरुसँग रिले वा नोडहरुको छरिएका नेटवर्कबाट प्रयोगकर्तालाई कनेक्ट गराउँछ । भीपीएनले इन्टरनेट ट्राफिकका लागि इन्क्रिप्टेड बाटो दिन्छ भने त्यस विपरित टोरले नोडहरुबाट जाने ट्राफिकलाई नै इन्क्रिप्टेड गरिदिन्छ ।

यसको वास्तविक नाम भनेको ‘द ओनियन राउटर’ हो । यसले प्रयोगकर्ताको डेटालाई कनेक्ट भएको साइटमा ठोक्किनु अघि धेरै तहबाट सुरक्षा दिदैँ लिएर जान्छ । इन्टरनेटलाई गोप्य रुपमा ब्राउज गर्ने यो राम्रो विकल्प हो ।

यदि तपाई अझै पनि तपाई भीपीएनका वैकल्पिक यावत् कुरालाई झन्झटको रुपमा लिनुहुन्छ र कुनै पनि किसिमको जोखिम उठाउन चाहानुहुन्न भने तपाई सिधै जेन्युन भीपीएन उपलब्ध गराउनेहरुसँग सम्पर्क राख्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२