close

२०२१ मा सार्वजनिक भएका उत्कृष्ट स्मार्टफोन, तपाईंलाई कुन मन पर्‍यो ?

टेकपाना टेकपाना

पुस १७, २०७८ १६:४४

२०२१ मा सार्वजनिक भएका उत्कृष्ट स्मार्टफोन, तपाईंलाई कुन मन पर्‍यो ?

काठमाडौं । सन् २०२२ सुरु भइसकेको छ र यो वर्ष पनि थुप्रै स्मार्टफोन सार्वजनिक हुने प्रतिक्षामा छन् । यद्यपि सन् २०२१ ले पनि जाँदाजाँदै बजारमा केही राम्रा स्मार्टफोन दिएर गएको छ, जुन ३५ हजार रुपैयाँभन्दा मुनिका छन् ।

बजेटको हिसाबले राम्रा केही स्मार्टफोनको बारेमा यहाँ उल्लेख गरिएको छ ।

रेडमी नोट १० प्रो म्याक्स
सन् २०२१ मा सार्वजनिक भएको एउटा उत्कृष्ट बजेट फोन हो, रेडमी नोट १० प्रो म्याक्स । प्रिमियम ग्लास डिजाइन भएको यो फोनमा १२० हर्जको रिफ्रेस रेटसहितको सुपर एमोलेड डिस्प्ले उपलब्ध छ ।

त्यसैगरी यसमा स्न्यापड्रागन ७३२जी प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ५,०२० एमएएचको ब्याट्री उपलब्ध छ । त्यस्तै यसमा १०८ मेगापिक्सेलको मेन क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । नेपालमा यसको बजार मूल्य करिब ३२,००० रुपैयाँ रहेको छ ।

रियलमी नार्जो ३० प्रो
३० हजार रुपैयाँभन्दा कमको रेन्जमा बजारमा उपलब्ध उत्कृष्ट फाइभजी फोन हो, रेडमी नार्जो ३० प्रो । बजेट फोनमा फाइभजी सपोर्ट गर्ने राम्रो फोनको रुपमा यो फोनलाई पनि लिइन्छ । यस फोनमा मिडियाटेक डाइमेन्सिटी ८०० यू चिप प्रयोग गरिएको छ ।

६.५ इन्चको डिस्प्ले भएको फोनमा १२० हर्जको रिफ्रेस रेट उपलब्ध छ । ५००० एमएएच ब्याट्री रहेको यो फोनमा ४८ मेगापिक्सेलको रियर क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, दुई मेगापिक्सेलको सुटर र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यो फोन नेपाली बजारमा करिब २७ हजार रुपैयाँमा उपलब्ध छ ।

रियलमी ८ प्रो
आकर्षक फिचरसहित सार्वजनिक भएको अर्को फोन हो, रियमलमी ८ प्रो । नेपाली बजारमा करिब २९ हजार रुपैयाँमा उपलब्ध यो फोनमा ६.४ इन्चको फुल एचडी सुपर एमोलेड डिस्प्ले रहेको छ । यसमा १०८ मेगापिक्सेलको मेन क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध रहेको छ ।

रेडमी नोट १० एस
हेलियो जी९५ प्रोसेसर रहेको फोन नोट १० एसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको सेल्फी क्यामेरा सेटअप छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा फास्ट चार्जिङका लागि ३३ वार्ट चार्जिङ सिस्टम रहेको छ ।

यो फोन ६ जीबी र ८ जीबी र्‍याम तथा ६४ र १२८ जबी रोम भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा यो फोनको मूल्य २४,००० रुपैयाँबाट सुरु हुन्छ ।

पोको एक्सथ्री प्रो
६.६७ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको यो फोनमा १२० हर्जको रिफ्रेस रेट छ । ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ ।

त्यस्तै यसमा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५८२ सेन्सर प्रयोग गरिएको छ । त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा छ भने २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगापिक्सेलकै म्याक्रो सेन्सर रहेको छ भने २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

नेपालमा यो फोनको मूल्य करिब ३४ हजार रुपैयाँ रहेको छ ।

सामसङ ग्यालेक्सी एम३२
९० हर्ज रिफ्रेस रेटका साथ ६.४ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यो फोनमा ६००० एमएएच ब्याट्री रहेको छ, जसले गर्दा दिनरात बिना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ ।

यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जरसमेत प्रदान गरिएको छ ।

यसमा अक्टा कोर मिडियाटेक जी८० प्रोसेसर रहेको छ भने यसमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथ ६४ मेगापिक्सेलको क्वाडक्यामेरा सेटअप उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य २५ हजार रूपैयाँबाट सुरु हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२