close

सामसङ ग्यालेक्सी एस२२ का उपयोगी ५ क्यामेरा ट्रिक्स

टेकपाना टेकपाना

साउन ३, २०७९ १८:२७

सामसङ ग्यालेक्सी एस२२ का उपयोगी ५ क्यामेरा ट्रिक्स

काठमाडौं । फ्ल्यागशिप फोनको मामलामा सामसङ ग्यालेक्सी एस२२ सिरिजका स्मार्टफाेन उत्कृष्ट मानिन्छन् । यी फाेनकाे रामो पक्ष भनेको क्यामेरा हाे ।

आज हामी सामसङ ग्यालेक्सी एस२२ को क्यामेराका उपयाेगी टिप्सका बारेमा चर्चा गर्दै छौं, जसले तपाईंको फोटोग्राफीलाई थप सहायता दिनसक्छ ।

फोटोबाट अनावश्यक कुरा हटाउने

हामीमध्ये प्रायः धेरैलाई फोटोशप वा त्यस्तै फोटो इडिटिङ एपका बारेमा सबै जानकारी नहुनसक्छ । वा, त्यस्ता सफ्टवेयर प्रयोग गर्न जानेको भएपनि सबैजसो परिस्थितिमा फोटोशप प्रयोग गर्नसक्ने वातावरण नहुनसक्छ ।

हामीले सेल्फी फोटो खिच्दा होस् वा अन्य कुनै फोटो खिच्दा होस्, त्यसमा अनावश्यक कुरा त जरुर ख्याल गरेका हुन्छाैं ।

सामसङ ग्यालेक्सी एस२२ को ईन-बिल्ट इडिटरका माध्यमबाट हामीले सहजै फोटोमा भएका अनावश्यक कुरा हटाउनसक्छौं ।

फोटोमा भएका रिफ्लेक्सनहरू हटाउन तमाम सिस्टम छन् । तर, त्यसमा फोनको ईन-बिल्ट सिस्टममा भएको श्याडो इरेजर (shadow eraser) उपयुक्त विकल्प हुनसक्छ ।

गिफ्स बनाउने सजिलाे तरिका

हामीले गिफ्सका बारेमा त जानेका नै छौं होला । गिफ्स तपाईंहरूले विभिन्न किसिमका विज्ञापनमा देखिने एनिमेटेड फोटो सामग्री हो ।

यसलाई प्रयोग गर्दा जति रमाइलो लाग्छ वा यसको उपयोगितालाई हेर्दा यसको महत्त्व जति धेरै छ, त्यसलाई निर्माण गर्दा उत्तिकै समय, एड्भान्स सफ्टवेयर र गिफ्स निर्माणसम्बन्धी आधारभूत सीप जानेको हुनुपर्छ ।

तर, सामसङ ग्यालेक्सी एस२२ का माध्यमबाट भिडिओ वा अन्य कुनै सिनलाई सोझै गिफ्स फाइलमा रूपान्तरण गर्न सकिन्छ ।

अटो फ्रेमिङ

भिडिओ खिच्दा त्यहाँको सब्जेक्ट फ्रेममा परेको छ वा छैन भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । जब कुनै पनि क्लिपहरू हलचल भइरहेको अवस्थामा खिच्नुपर्छ, तब त्यहाँको अटो फ्रेमिङको भूमिका धेरै हुन्छ ।

त्यस्ता सिनहरू खिच्दा फोकस लक हुनु त आवश्यक छ नै, साथै फ्रेमको लम्बाइ र चौडाइ एडजस्ट हुनु पनि आवश्यक हुन्छ ।

ग्लालेक्सी एस२२ मा भएको अटो फ्रेमिङको विकल्पले यी कुराको झन्झट पार गरिदिन्छ । यसले फ्रेम एड्जस्ट गरिदिने, सब्जेक्टलाई ट्रयाक गर्ने, स्वतः जुम लेभल एडजस्ट गर्ने जस्ता काम गर्छ, जसले सब्जेक्टलाई सधैं फोकस गरिरहन्छ । यसलाई सुचारू गर्न सिङ्गल ट्याप नै उपयुक्त छ ।

तपाईं क्यामेराको भिडिओ मोडमा गइसकेपछि त्यहाँ तल फ्रेमिङको विकल्प देख्न सक्नुहुन्छ । त्यहीँबाट तपाईंले अटो फ्रेमिङ एक्टिभेट गर्न सक्नुहुन्छ ।

सामसङका अनुसार अटो-फ्रेमिङले एक पटकमा फ्रेममा १० वटा सब्जेक्ट पहिचान गर्नसक्छ, जुम लेभल एड्जस्ट गर्नसक्छ र साथसाथै फोकसलाई लक गर्न सक्छ, जसले गर्दा गुणस्तरीय भिडिओ खिच्न सकियोस् ।

नाइट मोड

लो लाइटमा स्तरीय फोटो खिच्नका लागि सामसङ ग्यालेक्सी एस२२ को क्यामेरा एप धेरै उपयोगी हुने कम्पनीको दाबी छ ।

यदि तपाईं पनि लो लाइटमा स्तरीय फोटो खिच्न चाहनुहुन्छ भने सामसङको ईन-बिल्ट नाइट मोड फिचर उपयुक्त हुनसक्छ । तपाईंले फोनको क्यामेरामा गई दायाँपट्टि स्लाइड गर्नुभयो भने पहिलोमा नाइट मोड देख्न सक्नुहुन्छ ।

नाइट मोड इनेबल गरिसकेपछि तपाईंले एउटा अटो र अर्को म्याक्स १५एस भन्ने दुईवटा विकल्प देख्न सक्नुहुन्छ ।

तपाईंले म्याक्स १५ सेकेन्ड भन्ने अप्सन छान्नुभयो भने १५ सेकेन्डसम्मका क्यामेरामा आइरहेका लाइट सेन्सरले सोस्छ, जसले गर्दा अझ स्तरीय फोटो खिच्न सकिन्छ । त्यसमा तपाईंले आफ्नो आवश्यकता अनुसार कुनै छानेर फोटो खिच्न सक्नुहुन्छ ।

ग्यालेक्सी एस२२ को एआर ट्रिक

सामसङ ग्यालेक्सी एस२२ को क्यामेरा एपमा अगमेन्टेड रियालीटी (एआर) फिचर समावेश छन् । यही फिचरका माध्यमबाट कुनै वस्तुको लम्बाइ वा चौडाइ नाप्न सकिन्छ ।

यसलाई सबैभन्दा पहिले प्रयोग गर्दा एउटा पप-अप देखिन्छ, जसमा तपाईंलाई ग्यालेक्सी एप स्टोरबाट इपोनाइमस एप डाउनलोड गर्न भनिएको हुन्छ ।

यसलाई इन्स्टल गरिसकेपछि दुईवटा फ्रेमबीचको दूरी पत्ता लगाउन सकिन्छ । त्यसका लागि तपाईंले सुरुवाती विन्दुमा पोइन्ट गर्नुपर्छ । त्यसलाई विस्तारै अन्तिम विन्दुसम्म पुर्‍याएर छोड्नुपर्ने हुन्छ । यसले मिलिमिटर लेभलसम्ममा सही नतिजा नदिन सक्छ ।

तर, सेन्टिमिटरको सन्दर्भमा भने अनुमानित भ्यालु नै आउँछ । यदि तपाईंले कुनै व्यक्तिको उचाइ नाप्न थाल्नुभयो या कुनै वस्तुको लम्बाइ वा चौडाइ नाप्नपर्‍यो भने त्यसले ९० देखि ९५ प्रतिशतसम्म सही परिणाम दिनसक्छ ।

त्यस्तै एआर इमोजी स्टुडियोका माध्यमबाट कस्टम इमोजी निर्माण गर्न सकिन्छ । तपाईंले ती एआर इमोजीहरू मेसेज प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै ती इमोजीहरू क्यामेराबाट खिचिएका फोटो वा भिडिओमा समेत प्रयोग गर्न सकिन्छ ।

माथि उल्लेखित केही फिचरहरू ग्यालेक्सी एस२२ प्लस, ग्यालेक्सी एस२२ अल्ट्रा र अन्य सामसङ फोनमा समेत प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३