close

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, साथमा स्मार्टफोन जित्ने अवसर

टेकपाना टेकपाना

असोज ४, २०७९ ११:१

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, साथमा स्मार्टफोन जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १०० बोनस अफर ल्याएको छ ।

साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ ।

यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने जनाइएकाे छ ।

साथै यस अफरमा सहभागी भएकामध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोज ३१ सम्म लागू हुनेछ ।

खल्तीमा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ । यसबाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ ११:१