close

डार्क वेब के हाे ? थाहा पाइराख्नुहोस् सुरक्षित रूपमा प्रयोग गर्ने तरिकासहितको जानकारी

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १९:१४

डार्क वेब के हाे ? थाहा पाइराख्नुहोस् सुरक्षित रूपमा प्रयोग गर्ने तरिकासहितको जानकारी

काठमाडाैं । इन्टरनेटले हामीलाई अपार सम्भावनाहरूकाे ढाेका खाेलिदिएकाे छ । यसले हाम्राे दैनिकी पूरै परिवर्तन गर्नुका साथै हामीलाई एक छुट्टै संसारमा पुर्‍याइरहेकाे छ । 

अब हामी डायलअपमा सीमित हुनु पर्ने अवस्था छैन । हामी मध्ये धेरैले स्थिर इन्टरनेट जडानको पहुँचलाई दैनिक जीवनको महत्वपूर्ण पक्ष र अधिकारको रूपमा लिन थालेका छाैँ ।

हामी बिलहरू अनलाइन तिर्छौं, बैंक स्टेटमेन्टहरू अनलाइनबाट जाँच गर्छौं, ईमेल मार्फत कुराकानी गर्छौं र सामाजिक संजालमा उपस्थिति कायम राख्छौँ ।

त्यस्तै हामी मध्ये धेरैजसो काम र मनोरन्जनका लागि वेबमा निर्भर हुन थालेका छाैँ । साथै सर्च इन्जिनहरू मार्फत जानकारी खोज्ने प्रचलनमा अभ्यस्त हुन थालेका छाैँ । तर सर्च इन्जिनहरू गुगल, डकडकगाे, ब्रेभ, बिङ आदिले मात्र इन्टरनेट लाेकप्रिय भएको हाेइन ।

हामीले दिनहुँ पहुँच गर्ने इन्टरनेटको क्षेत्रलाई सतही वेब भनिन्छ । यस बाहेक हामी कहाँ ‘डिप’ (गहिरो) र ‘डार्क’ (अँध्यारो) वेब पनि रहेका छन् । इन्टरनेटको बाहुल्यता भएकाे याे समयमा यी दुईबीचको भिन्नता जान्नु आवश्यक छ ।

सतही र डार्क वेब बीच भिन्नता

सफारी, क्रोम, एज वा फायरफक्स जस्ता ब्राउजर प्रयोग गरेर सजिलै पहुँच बनाउन सकिने इन्टरनेट नै सतही इन्टरनेट हाे । साथै इन्टरनेटकाे पहिलाे तह, जाे दृश्यात्मक हुने गर्दछ । 

डिप अथवा डार्क वेब भनेकाे इन्टरनेटकाे दाेस्राे तह हाे । यसलाई सर्च इन्जिनहरूले देखाउन सक्दैनन् ।

अर्थात याे वेब सामान्य मान्छेहरूका लागि अदृश्य हुने गर्दछ । यस वेबमा रहेका वेबसाइट र पेजहरूमा पासवर्डले सुरक्षित गरिएका सामग्री, निजी फोरमहरू र व्यक्तिगत स्रोतहरू हुने गर्दछन् ।

सर्च इन्जिन ब्राउजरहरूले यो वेबमा भएका पेजहरूलाई देखाउँदैनन् । जसले गर्दा यहाँ कुनै पनि वेबसाइटमा पहुँच गर्न वास्तविक र सही लिङ्क फेला पार्नुपर्ने हुन्छ ।

यो वेबमा इन्ट्रानेटहरू वा कर्पोरेट स्रोतहरूमा पहुँच गर्न रेकर्डहरू समावेश हुन सक्छन् ।

डार्क वेबमा पहुँच प्राप्त गर्न एक विशेष सफ्टवेयरकाे आवश्यकता पर्छ । यसमा सुरक्षित रहन सबैभन्दा पहिला तपाईंले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) इन्स्टल गर्नुपर्ने हुन्छ ।

याेसँगै तपाईंले नोड र प्रोक्सी सर्भरहरू मार्फत डार्क वेबमा जोडिन टोर नेटवर्क जस्ता गोपनीयता केन्द्रीत ब्राउजर प्रयोग गर्नुपर्ने हुन्छ । यसकाे प्रयाेगबाट तपाईं बढी सुरक्षित हुनुका साथै आफ्नाे ट्राफिकलाई गुमनाम पार्न सक्नु हुन्छ ।

साथै यो वेबमा प्रयाेग हुने ‘.onion’ (डट अनियन) भएका डाेमेनहरूमा पहुँच बनाउन टाेर ब्राउजर सक्षम छ ।

डार्क वेबमा भीपीएनकाे प्रयाेग खासगरी अनलाइनमा पदचिह्न सकेसम्म कम गर्न र लाेकेसन लुकाउन प्रयाेग गरिन्छ । 

के अपराधिहरूका लागि मात्र हो डार्क वेब ?

अनलाइनमा डार्क वेबकाे बारेमा चर्चा गर्दा प्राय: आपराधिक बजार अथवा कानूनले अपराधी घोषित गरेका व्यक्तिहरूले प्रयाेग गर्ने वेबकाे रुपमा चित्रण गर्ने गरिएकाे पाइन्छ ।

लागु औषध, हातहतियार, चोरी गरिएका आईपी र डेटा प्राय: डार्क वेब बाट नै खरिद ब्रिक्री गरिन्छ । जसमा बिक्रेताले सयौँ टेराबाइट सूचनाहरूमा विभिन्न अफरहरू दिइरहेका हुन्छन् ।

यस वेबमा भएका व्यापारीहरूले चोरी भएका क्रेडिट कार्ड, प्रमाणहरू र साइबर आक्रमणको क्रममा हात पारेका कम्पनीहरूको बौद्धिक सम्पत्तिबाट पैसा कमाउने गर्दछन् । 

केलाको २०२२ थ्रेड इन्टेलिजेन्स रिपाेर्ट अनुसार ४८ प्रतिशत संस्थाहरूले साइबर अपराधको कुनै स्पष्ट प्रमाण नभएको बताएका छन् । यद्यपी उनीहरू सबै साइबर अपराधबाट उत्पन्न खतराको बारेमा चिन्तित भने रहेका छन् । 

आपराधिक कृयाकलाप गर्नेहरू बाहेक धेरै संगठन र व्यक्तिहरूले डार्क वेबलाई प्रयाेग गर्ने गरेका छन् ।

धेरैले डार्क वेबलाई विभिन्न सेवा र सञ्चारका लागि वैध प्रयोग पनि गर्ने गरेका छन् । उदाहरणका लागि: कडा सरकारी निगरानी र नियन्त्रण भएका देशहरूमा व्यक्तिहरूका लागि महत्त्वपूर्ण सेवाहरू, कडा सेन्सरशिपसँग लड्नका लागि प्रयाेग गरिएका उपकरण, बढी गोपनीयता चाहिने ईमेल र ड्रप बक्सहरूलाई लिन सकिन्छ ।

यी बाहेक केही मिडियाहरूले अनलाइनमा आफ्नाे उपस्थिति कायम गर्न समेत डार्क वेब प्रयाेग गर्छन् । त्यस्तै अन्य वेबसाइटहरूले सरकारद्वारा आईएसपीमा प्रतिबन्ध लगाउँदा समेत यस वेबकाे प्रयाेग गर्ने गरेका छन् । 

यस प्रकारको वेबको प्रतिष्ठामा प्रश्न उठ्ने गरेता पनि प्रदर्शनकारीहरू, नागरिक अधिकार समूहहरू, पत्रकारहरू, वकिलहरू र अन्य समूहहरूले प्रयाेग गरिरहेका हुन्छन । 

के डार्क वेबमा होसियार हुनुपर्छ ?

कानुनी रुपमा वैध वेबसाइट पहुँच गर्न कहाँ जाने भनेर तपाईंलाई ठ्याक्कै थाहा नभएसम्म, तपाईँले लिइरहेका केही जोखिमहरू बारे सचेत हुन आवश्यक छ। जसमा यी विषय पर्छन्:

  • अवैध बजार

यदि तपाईं डार्क वेबमा रहेकाे भूमिगत बजारमा पुग्नु भयाे भने त्यहाँ लागुऔषध, हतियार, नक्कली कागजात, चोरी गरिएका जानकारी र मालवेयरहरू बिक्रीको लागि राखिएकाे फेला पार्नु हुनेछ ।

त्यहाँबाट कुनै पनि प्रकारका वस्तु अथवा सेवाहरू खरिद गर्दा क्रिप्टोकरेन्सी प्रयाेग हुने गर्दछ । यदि त्यहाँबाट क्रिप्टोकरेन्सीकाे प्रयाेग गरी केही खरिद गर्नु भयो भने पनि तपाईंकाे ट्र्याकिङ हुँदैन भन्ने ग्यारेन्टी छैन ।

 

  • ठगी

यस प्रकारको वेबमा तपाईंले अवैध रूपमा केही सामान खरिद गर्ने प्रयास गर्नुभयो भने पनि ती झुटा हुन सक्छन् । सामान्य रूपमा हेर्दा यहाँ रहेका बिक्रेताहरू प्राय: जसो यस्ता झुटका खेति गर्ने जस्तो देखिँदैनन्।

 

  • चरम प्रकृतिका सामग्री हेर्नु

यो वेबमा चरम वा अपमानजनक सामग्रीहरू आफैंले खाेजेर फेला पार्नु पर्ने हुन्छ । यदि तपाईंले यसमा त्यस्ताे केही गर्नु हुन्छ भने तपाईं प्रहरीद्वारा पक्राउ पर्न सक्नु हुन्छ ।

ध्यान राख्‍नु पर्ने कुरा के पनि छ भने यस्ता सामग्रीहरू डाउनलाेड गर्नु पनि अक्सर अवैध मानिन्छ । 

  • मालवेयर

सतही वेबमा जस्तै यो वेबमा पनि विभिन्न मालवेयरहरू रहेका हुन्छन् । जसकाे प्रयाेग तपाईंकाे डिभाइसलाई बिगार्न अथवा त्यहाँ भएका सुचनाहरू चाेरी गर्नका लागि प्रयाेग गरिन्छ ।

मालवेयरसँगै यस वेबमा पनि तपाईं फिशिङ आक्रमणकाे सिकार बन्न सक्नु हुन्छ ।

 

डार्कवेबमा कसरी पहुँच प्राप्त गर्ने ?

यदि यो वे‍बमा पहुँच प्राप्त गर्न चाहनु हुन्छ भने तपाईँले सर्व प्रथम यी काम गर्नुपर्ने हुन्छ ।

  • भीपीएनमा लगानी 

भीपीएनले तपाईंकाे लाेकेसनलाई लुकाउने गर्दछ । साथै तपाईंलाई पत्ता लगाउने अनलाइन ‘ब्रेडक्रम्ब’ (प्रमाण तथा पदचिन्हहरूको लहरो) टुटाउँछ । भीपीएन प्रयाेग गरी अनलाइनमा काम गर्दा ती सबै गतिविधि इन्क्रिप्टेड हुने गर्दछन् ।

जसले तपाईंलाई जासुसी पूर्वक सुन्ने र ‘म्यान-इन-द-मिडल’ (MITM) आक्रमणहरूबाट सुरक्षित रहन मद्दत गर्दछ ।

भीपीएनकाे प्रयाेगबाट तपाईंले आफ्नाे लाेकेसन परिवर्तन गर्न सक्नु हुन्छ । साथै भीपीएनले तपाईंको आईपी ट्रेसिङलाई गाह्रो बनाउन सर्भर र रिलेहरूको संग्रह प्रयोग गर्दछ ।

यस वेबमा पहुँच पाउन चाहनु हुन्छ भने तपाईंले नि:शुल्क भन्दा पनि सशुल्क भीपीएनहरू प्रयाेग गर्नु निकै सुरक्षित हुन्छ । 

  • टाेर ब्राउजर

यस ब्राउजरले अनलाइनमा छाडिने पदचिह्नहरू लुकाउने र प्रतिबन्धित वेबसाइट खुलाउने काम गर्दछ । साथै यो ब्राउजरले तपाईंको ब्राउजिङका आधारमा प्रोफाइल निर्माण गर्ने कामबाट पनि रोक्दछ । 

टोर ब्राउजरले तपाईंको पहिचानलाई अझ लुकाउन विभिन्न तहहरूमा इन्क्रिप्सन प्रयोग गर्दछ । साथै यो ब्राउजरले डकडकगाे सर्च इन्जिनसँग तपाईंकाे सर्च हिस्ट्री अथवा प्रश्नहरू र लगइनहरु सेभ नगर्नका लागि सहकार्य गरेकाे छ ।

आफ्नाे इन्टरनेटको गतिविधिलाई अझै सुरक्षित बनाउन तपाईं सेटिङमा गएर ‘सेफर’ वा ‘सेफेस्ट’ विकल्प छनौट गर्न सक्नु हुन्छ । जसबाट तपाईंले सम्भावित खतरनाक वेबसाइटहरूकाे कार्यक्षमता पनि राेक्न सक्नु हुन्छ । 

टोर नेटवर्क विश्वव्यापी रुपमा रहेका हजारौं स्वयंसेवकहरूद्वारा संचालित छ । जसले तपाईंको पहिचानको सुरक्षा गर्न प्रयोग गरिने प्रोक्सी सर्भरहरूलाई कायम गरिरहेका हुन्छन् । 

डार्कवेब प्रयाेग गर्दा भीपीएन र टाेर सँगै प्रयाेग गर्नु पर्दछ । अझ बढी सुरक्षाका लागि भीपीएनबाट टाेरमा जाेडिनु निकै उचित मानिन्छ । यदि तपाईं मालवेयर आदिका बारेमा चिन्तित हुनुहुन्छ भने भर्चुअल मसिन (भीएम) प्रयोग गर्न सक्नु हुन्छ ।

तपाईंले विन्डाेज, म्याकओएस, लिनक्स र एन्ड्राेइडमा टाेर ब्राउजर डाउनलाेड गर्न सक्नु हुन्छ । 

(यो ब्राउजर डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस्)

 

  • अनियन 

डार्क वेबमा भएका विभिन्न वेबसाइट अथवा पेजहरूमा पहुँच प्राप्त गर्न तपाईंले तिनीहरूकाे वेब ठेगाना थाहा पाउन आवश्यक हुन्छ । यी वेबसाइटहरूले ‘.onion’ डोमेन नामहरू बढी प्रयोग गर्ने गर्दछन् ।

जसमा ती मध्ये धेरैमा लामो नाम, अक्षर र संख्याहरूको अनियमित संयोजन हुने गर्दछ ।

इन्टरनेटमा धेरै ‘.onion’ लिङ्क र वेबसाइटहरू होस्ट गर्ने डाइरेक्टरीहरू रहेका छन् । तर तपाईं सधैं सावधान हुनु जरुरी छ ।

किनकी केही लिङ्कहरूले तपाईंलाई क्रिप्टोकरेन्सी मिक्सरदेखि लागूऔषध र नक्कली राहदानी बनाउने जस्ता व्यापारिक साइटहरूमा पुर्‍याउने गर्दछन् ।

यस बाहेक कतिले भने गैर-व्यवसायिक र गैर कानुनी पेजहरूमा पुर्‍याउने गर्दछन् । जसमा विभिन्न विषयका प्रशिक्षण कार्यशालाहरू, फोरमहरू र व्यक्तिगत ब्लगहरू हुन सक्छन् ।

यस प्रकारको वेबमा डेफकन, प्राेपब्लिका, सीआईए जस्ता वैध साइटहरू पनि रहेका छन् । साथै विभिन्न पुस्तकालय र ओपेन सोर्स सफ्टवेयरहरू पनि यसमा पाउन सकिन्छ । 

डार्कवेब प्रयाेग गर्नु वैध कि अवैध ?

धेरै जसाे देशहरूमा डार्क वेबमा भएका स्राेतहरू प्रयाेग गर्नु वैध नै रहेकाे छ । तर याद राख्‍नु पर्ने कुरा के छ भने यो वेबकाे प्रयाेग गरी आपराधिक कृयाकलापहरू गर्नु चाहिँ अवैध अथवा कानुन विपरीत हुन जान्छ ।

डार्क वेबमा रहेका  वेबसाइटहरूमा गइरहँदा तपाईं पर्याप्त रूपमा सुरक्षित हुनुहुन्न भने तपाईं प्रहरीकाे नजरमा पर्न सक्नु हुन्छ । कुनै गैरकानूनी गतिविधि वा खरिदहरूको कुनै प्रमाण नभए पनि तपाईं छानबिन वा अनुसन्धानको दायरामा पर्न सक्नु हुन्छ । 

के डार्क वेब पूर्ण रूपमा निजी र सुरक्षित छ?

यो प्रश्नकाे सिधा उत्तर हुन्छ, छैन । बलियो इन्क्रिप्सन, भीपीएन, प्रोक्सी सर्भर, र लुकाइएका वेब ठेगानाहरू सबैले यो वेबमा थप अज्ञात अनुभवकाे लागि योगदान दिइरहेका छन् ।

यसमा कुनै एकल प्रणाली छैन, जुन हामीमा न पहुँच छ न पूर्ण रूपमा निजी र सुरक्षित ।

आफ्नाे पहिचान लुकाउँदैमा यो वेबमा ट्र्याकिङको सम्भावनाबाट पूर्ण रूपमा सुरक्षित भइन्छ भन्ने पनि छैन । यसाे गर्नु भनेकाे अवैध गतिविधिको घेरा भित्र पर्नु सरह पनि हुनसक्छ ।

जसमा जाेखिम मिसिएकाे हुने गर्दछ । तर पनि यो वेबकाे प्रयाेग गर्दा आफ्नाे गाेपनीयता, सम्भावित निगरानी जस्ता कुराहरू भने हामीमा नै निर्भर हुने कुराहरू हुन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १९:१४