close

ग्लोबल ई-स्पोर्ट्स च्याम्पियनशिपमा नेपाली पब्जी टिम ‘डीआरएस’ छनोट

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १४:४६

ग्लोबल ई-स्पोर्ट्स च्याम्पियनशिपमा नेपाली पब्जी टिम ‘डीआरएस’ छनोट

काठमाडौं । नेपाली पब्जी टिम डीआरएस गेमिङ ग्लोबल ई-स्पोर्टस च्याम्पियनशिपका लागि छनोट भएको छ । यो प्रतियोगिता टर्कीको इस्तानबुलमा पुस १ देखि ३ गतेसम्म हुँदै छ ।

यसअघि क्वालिफायर चरणमा डीआरएस गेमिङले श्रीलंका, पाकिस्तान, मंगोलिया, भियतनाम, माल्दिभ्स, चाइनिज ताइपे र ब्रुनाइ दारुसलामका टिमहरूसँग प्रतिस्पर्धा गरेको थियो ।

साे चरणमा चाैंथाे स्थान हासिल गर्दै डीआरएसले अब टिम नेपालको नामले उक्त प्रतियोगिता खेल्नेछ । यसका साथै डोटा-२ मा पनि नेपाली टिम छनोट भइसकेको छ ।

यो प्रतियोगितामा पब्जी मोबाइल, डोटा-टु, स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) मा प्रतिस्पर्धा हुँदैछ । नेपालले भने पब्जी र डोटामा मात्र भाग लिँदैछ ।

स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) मा खेलाडी नभएका कारण भाग लिन नसकेको नेपाल ई-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज डंगोलले बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १४:४७