close

तपाईँको निर्वाचन क्षेत्रमा को को छन् उम्मेदवार ? यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १७:११

तपाईँको निर्वाचन क्षेत्रमा को को छन् उम्मेदवार ? यसरी हेर्नुहोस्

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको चुनाव आउन अब सात दिन मात्र बाँकी छ । यो निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि कुल पाँच हजार छ सय ३६ उम्मेदवार भिड्दैछन् । आफ्नो निर्वाचन क्षेत्रमा को को उम्मेदवार उठेका छन् भनेर थाहा पाउनको लागि निर्वाचन आयोगले उम्मेदवार विवरण सार्वजनिक गरेको छ । 

आयोगले उम्मेदवार विवरण मोबाइल एपबाट हेर्न सकिने भनेको भए पनि एपमा कुनै विवरण उपलब्ध छैन । आयोगको वेबसाइट मार्फत आफ्नो निर्वाचन क्षेत्रको उम्मेदवारका विषयमा जानकारी लिन सकिन्छ । त्यसका लागि तल उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।

- निर्वाचन आयोगको वेबसाइट खोल्नुहोस् अथवा वेबसाइट खोल्नको लागि यहाँ क्लिक गर्नहोस् ।

- स्क्रिनमा देखिएका विभिन्न साइटहरू मध्ये 'निर्वाचन आयोग, नेपाल' मा क्लिक गर्नुहोस् ।

- स्क्रिनको दायाँतिर माथि पट्टि भएको 'प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन' मा क्लिक गर्नुहोस् ।

- यसपछि 'उम्मेदवारको विवरण' मा क्लिक गर्नुहोस् ।

- यसपछि तपाईंले निलो रंगले लेखिएको दुईओटा सूची प्राप्त गर्नुहुनेछ । एउटा प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फको उम्मेदवारीको विवरण र अर्को प्रदेश सभा सदस्य निर्वाचन तर्फको उम्मेदवारीको विवरण । आफूले हेर्न चाहेको अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो निर्वाचन क्षेत्रको उम्मेदवारबारे जानकारी पाउनुहोस् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १७:४१