close

अनरको विन्टर अफर, स्मार्टफोन खरिदमा २५ सय रूपैयाँसम्म छुट

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १८:४०

अनरको विन्टर अफर, स्मार्टफोन खरिदमा २५ सय रूपैयाँसम्म छुट

काठमाडौं । जाडो यामलाई लक्षित गर्दै अनर ब्रान्डले स्मार्टफोन खरिदमा छुट अफर ल्याएको छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले विभिन्न माेडेल खरिदमा छुट घाेषणा गरेको हो ।

जसअन्तर्गत प्रयोगकर्ताले अनर ब्रान्डको एक्स सिक्स खरिदमा ५०० रुपैयाँ, एक्स सेभेनमा एक हजार रुपैयाँ र एक्स नाइन खरिदमा दुई हजार ५०० रुपैयाँ छुट पाउनेछन् ।

यस अफर अन्तर्गत १८ हजार ४९० पर्ने एक्स सिक्स १७ हजार ९९० रुपैयाँमा, २४ हजार ९९० रुपैयाँ पर्ने एक्स सेभेन २३ हजार ९९० रुपैयाँमा र ३८ हजार ४९० पर्ने एक्स नाइन ३५ हजार ९९० रुपैयाँमा पाउन सकिन्छ ।

कम्पनीले नेपाली बजारमा अनर ५० लाइट र अनर एक्स ८ का साथै अनर ब्यान्ड सिक्स र अनर एयरबड्स एक्स थ्री लाइट पनि उपलब्ध गराइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १८:४०