close

अपाङ्गमैत्री छैनन् नेपाली वेबसाइट र मोबाइल एप

टेकपाना टेकपाना

मंसिर २९, २०७९ २०:४९

अपाङ्गमैत्री छैनन् नेपाली वेबसाइट र मोबाइल एप

काठमाडाैं । नेपालका सरकारी तथा गैह्रसरकारी वेबसाइट तथा मोबाइल एप्लिकेसनहरु दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिकाे पहुँच बाहिर रहेको पाइएको छ ।

दृष्टिविहिन महिला तथा अपाङगता भएका व्यक्तिहरुको क्षत्रमा काम गर्दै आएको प्रयत्न नेपालले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार अधिकांश वेबसाइट तथा मोबाइल एपलिकेसन दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा नभएको पाइएको हो ।

अपाङ्गमैत्री वेबसाइट नहुँदा धेरै नागरिक सूचना, शिक्षा र स्वास्थ्य मनोरञ्जनको क्षेत्रको पहुँच बाहिर रहनुपर्ने बाध्यता रहेको प्रतिवेदनले उल्लेख गरेकाे छ । प्रतिवेदनमा १० ओटा मोबाइल एप्लिकेसन र २० ओटा विभिन्न सार्वजनिक वेबसाइटहरुको अडिट गरिएको थियो ।

यसका लागि चर्चित समाचार साइटसँगै विभिन्न सरकारी वेबसाइट समावेश गरिएकाे थियाे ।

त्यस्तै उक्त समस्यालाई सम्बोधन गर्न र दिगो समाधान खोज्न साझा प्रयास गर्ने उद्देश्यका साथ प्रयत्न नेपालले “नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच सुनिश्चित गर्ने डिजिटल अधिकारको प्रवर्द्धन” सम्बन्धी कार्यशाला गोष्ठी समेत सञ्चालन गरेको छ ।

बिहीबार भएकाे उक्त गोष्ठीमा बोल्दै राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले आफूसम्बद्ध कार्यालयको वेबसाइट अपाङ्गमैत्री बनाउन लागिपर्ने र अन्य कार्यालयलाई पनि अनुराेध गर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ २१:०