काठमाडौं । हाम्रा कतिपय कामका लागि स्तरीय भिडिओ आवश्यक पर्छ । कुनै प्रोजेक्टमा काम गर्नुपर्यो वा आफूसँग भएको सीप या ज्ञानका कुरा शेयर गर्नुपर्यो भने त्यसका लागि भिडिओ उपयुक्त माध्यम हुन्छ । आफूले मोबाइलबाट खिचेका भिडिओ स्टोरेज कम हुँदा कुनै प्लेटफर्ममा भण्डारण गरेर राख्नुपर्ने हुनसक्छ । त्यसका लागि भिडिओ एडिट गरेर राख्दा भविष्यका लागि राम्रो मानिन्छ ।
हाम्रा त्यस्तै विविध कामका लागि पनि एडिट गरिएका भिडिओ धेरै आवश्यक पर्छन् । कुनै पनि भिडिओ एडिट गर्न स्तरीय सीप हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर, इन्टरनेट र स्मार्टफोनसँगै भएको अवस्थामा भिडिओ एडिटिङ त्यति गाह्रो काम होइन । आज हामी मोबाइलबाट स्तरीय भिडिओ एडिट गर्न सघाउने एपको बारेमा चर्चा गर्दैछौँ ।
१. क्यापकट
अहिले भिडिओ एडिटिङका लागि सर्वाधिक बढी प्रयोग भएको एप हो क्यापकट । क्यापकट एप टिकटकको मातृ कम्पनी बाइटडान्सले तयार पारेको भएकाले पनि चर्चित छ । स्तरीय फिल्टर तथा एनिमेसन र ट्रान्जिसन प्रयोग गरेर यस एपका माध्यमबाट स्तरीय भिडिओ तयार पार्न सकिन्छ ।
त्यस्तै ग्रिन स्क्रिन हटाएर पनि स्तरीय एडिटिङ गर्न सकिन्छ । साथै वाटरमार्क आउने भए पनि उक्त वाटरमार्क निःशुल्क हटाउन सकिन्छ । क्यापकट डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्तालेयहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।
२. अलाइट मोसन
नेपाली फन्ट राखेर स्तरीय भिडिओ बनाउ चाहनेहरूका लागि 'अलाइट मोसन' उपयुक्त विकल्प हो । साथै त्यसमा भएका इफेक्ट तथा ट्रान्जिसनले भिडिओ आकर्षक बनाउन सकिन्छ । देवनागरी फन्टहरू बढी रहेको यस एपमा आवश्यकता अनुसार थरिथरिका भिडिओ बनाउन मिल्छ ।
यो एपमा वाटरमार्क हुने भएकाले भिडिओ केही आकर्षक नदेखिन सक्छ । तर, शुल्क तिर्ने हो भने प्रोफेसनल फिचर प्रयोग गर्न सकिन्छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्छन् ।
३. काइन मास्टर
'काइन मास्टर'को प्रयोग लामो समयदेखि हुँदै आएको छ । भिडिओ एडिटिङका लागि उपलब्ध केही विकल्पमध्येको यो केही समय पहिलेसम्म सबैभन्दा अगाडि थियो ।
यो एक उत्कृष्ट भिडिओ एडिटिङ एप हो । यदि एक पटक तपाईंले यसका सबै फङ्सनलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता नै महसुस गर्नुहुने छैन ।
यसमा कयौँ एडभान्स्ड फिचर पनि छन्, जसले एडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि जस्तो गजबको सुविधा दिने गर्दछन् ।
वाटरमार्कसहित यो एपको प्रयोग निःशुल्क रूपमा गर्न सकिन्छ । तर यसलाई हटाउनका लागि भने तपाईंले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।
यो एपमा कयौं यस्ता फिचर छन्, जसले यसलाई प्रिमियम भिडिओ एडिटिङ सफ्टवेयरको क्याटेगरीमा सामेल गराउँदछ । यो एप एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा काम गर्दछ ।
यदि तपाईंको फोन यसभन्दा तल्लो भर्सनको छ भने यो एप प्रयोगमा केही झन्झट आउन सक्छ । काइन मास्टर एपलाई १० करोडभन्दा धेरैले डाउनलोड गरेका छन् भने ४.४ को रेटिङ पाएको छ ।
एन्ड्राेइडका लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
४. भिडिओशो
भिडिओशो एपको प्रयोग पनि धेरैले गर्छन् । यसको सबैभन्दा राम्रो विशेषता भनेकै यसबाट तपाईं एचडी क्वालिटीको भिडियो एडिट गर्न सक्नुहुन्छ ।
जब तपाईं यो एपको माध्यमबाट कुनै एडिटिङ सुरु गर्नुहुन्छ, त्यसका लागि तपाईंले एउटा थिम छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले भिडिओमा राख्न चाहेका फोटोहरूलाई छनौट गर्नुपर्ने हुन्छ ।
यसरी केही मिनेटमै एपले भिडिओ तयार पार्दछ । यसबाहेक तपाईं टेक्स्ट समेत आफ्नो रुचिको स्टाइलमा चयन गर्न सक्नुहुन्छ ।
यसमा तपाईं ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुन्छ । दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि सक्नुहुन्छ ।
भिडिओ कतै स्ट्रिम गर्ने अप्सन पनि यो एपले दिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन ।
यो भिडिओ एडिटिङ एपमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचरसमेत छन् । गुगल प्ले स्टोरमा भिडिओ शो एपको डाउनलोड पनि १० करोडभन्दा बढी छ भने यसले ४.६ रेटिङ पाएको छ ।
पछिल्लो समय यो एप रुचाउने प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । यो एप प्रयोग गर्न तपाईंको फोनमा एन्ड्रोइड ४.१ वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ ।
पावरडिरेक्टर एप पनि भिडिओ एडिटिङका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यद्यपि प्रोफेसनल काम गर्ने प्रयोगकर्ताले यसको प्रयोग बढी मात्रामा गर्दछन् ।
यो मोबाइलसँगै विण्डोजका लागि पनि उपलब्ध छ । धेरै युट्युबर यो एप प्रयोग गर्न रुचाउँछन् ।
यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका सबै प्रिमियम फिचरहरु देख्न पाइन्छ । एपमा तपाईंले पीआईपी अर्थात् पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सक्नुहुन्छ ।
यद्यपि यी फिचर कमजोर प्रोसेसर भएका स्मार्टफोनमा भने काम गर्दैनन् । त्यसो त तपाईं यसको प्रयोग निःशुल्क रुपमा गर्न सक्नुहुन्छ ।
तर त्यसमा वाटरमार्क रहने गर्दछ । यसलाई हटाउनका लागि तपाईंले सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।
एपको प्रयोग गर्ने प्रयोगकर्ताले यसलाई ४.६ को रेटिङ दिएका छन् । यो एप एन्ड्रोइड भर्सन ४.४ वा त्यसपछिका भर्सन भएका फोनमा काम गर्दछ ।
यदि तपाईं युट्यबुर बन्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि उपयोगी हुन सक्छ । यसको सबैभन्दा राम्रो पाटो के छ भने यो सम्पूर्ण रुपमा निःशुल्क छ ।
भिटाको सहयोगमा तपाईं गज्जबको भिडिओ एडिटिङ गर्न सक्नुहुन्छ । यदि तपाईं फोटोबाट सानदार भिडिओ बनाउन चाहनुहुन्छ भने यो एप तपाईंका लागि गतिलो विकल्प हुन सक्छ ।
फोटोका लागि तपाईंले एपलाई केही पर्मिसन दिनुपर्ने हुन्छ । यसमा तपाईंले ब्याकग्राउन्ड म्युजिक समेत राख्न सक्नुहुन्छ ।
यो एपमा एडिटिङका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने टूल तथा फिचरहरू छन् । यसको सेटिङमा गएर तपाईं वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सक्नुहुन्छ ।
भिटा एपलाई तपाईं गुगल प्ले स्टोरमा सहजै डाउनलोड गर्न सक्नुहुन्छ । करोडौं प्रयोगकर्ताले डाउनलोड गरिसकेको यो एपका लागि एन्ड्रोइड ६.० वा त्यसभन्दा पछिल्लो भर्सन हुन जरुरी छ ।
इनशट एप पछिल्ला दिनहरूमा युट्युबरको रोजाइको एप बन्दै गएको छ । भिडिओमा क्याप्सन दिनका लागि समेत यसमा सहज छ ।
एकसाथ कयौं लेयर बनाएर यो एपमा भिडिओ एडिटिङ गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पनि यसमा पाउन सक्नुहुनेछ ।
एकदमै प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । यो एप प्रयोग गर्नका लागि निःशुल्क छ ।
एपबाट भिडिओ एक्पोर्ट गर्दा वाटरमार्क आउने गर्छ । यसलाई हटाउनका लागि भने तपाईंले कि १५ सेकेन्डको विज्ञापन हेर्नुपर्छ कि त सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।
यसमा अर्को सुविधा भनेको तपाईंले केही सेकेन्डको भिडिओ हेरेर वाटरमार्क हटाउने विकल्प पनि पाउन सक्नुहुन्छ । गुगल प्ले स्टोरमा यो एपले ४.८ को रेटिङ पाएको छ ।
तपाईं यसबाट अन्दाज लगाउन सक्नुहुन्छ कि यो एप प्रयोग गर्ने प्रयोगकर्ताको अनुभव कस्तो होला । यदि तपाईंको फोनमा एन्ड्रोइड भर्सन ५ वा त्यसभन्दा पछिल्लो भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सक्नुहुनेछ ।