काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले नेपाललाई आईटी हबको रुपमा विकास गर्नको लागि प्रचुर सम्भावना रहेको बताएको गोरखापत्रमा उल्लेख छ ।
नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई आईटी हबका रूपमा विकास गर्न सकिने उनले विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक आस्था भन्दा माथि उठेर देश र जनताका निम्ति स्थायी सरकार कै रूपमा काम गर्न निजामती कर्मचारीलाई आग्रह पनि गरेका थिए । तर उनले पदमा छँदा मन्त्री कार्कीले त्यस्तो कुनै उल्लेखनीय काम गर्न सकेनन् ।
२०७८ असोज २२ देखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कार्की पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै पदमुक्त भएका हुन् ।