close

गुगलकी ‘मीना’, जो मान्छेले जस्तै कुरा गर्छिन्

टेकपाना टेकपाना

माघ २१, २०७६ १५:१७

गुगलकी ‘मीना’, जो मान्छेले जस्तै कुरा गर्छिन्

तपाईले कहिले च्याटबटसँग कुराकानी गर्ने प्रयास गर्नु भएको छ ? प्रविधि जति नै अत्याधुनिक भए पनि मानिसबीच हुने कुराकानी र मसिनसँगको कुराकानी अवश्य पनि फरक हुन्छ । च्याटबटसँग कुरा गर्दा आम मानिसहरुसँग जसरी सहज र सरल हुँदैन अर्थात यसले अपेक्षित प्रतिक्रिया दिदैँन । 

तर गुगलले ‘मीना’ नामको आफ्नो च्याटबट अन्यभन्दा राम्रो भएको दाबी गरेको छ । कम्पनीले मीनालाई परीक्षण पनि गरिसकेको छ । आर्टिफिशियल इन्टेलिजेन्सको कुराकानीको क्षमतालाई मापन गर्ने नयाँ मेट्रिक प्रयोग गरेर आफूले मीनाको क्षमता मापन गरिसकेको गुगलले जनाएको छ ।

नयाँ च्याटबट मीना र त्यसको विस्तृत विवरणबारे गुगलले प्रिप्रिन्ट सर्भर एआरएक्सआईभीमा प्रकाशित गरेको छ । उक्त प्रकाशनमा कम्पनीले च्याटबटलाई मूल्यांकन गर्न सेन्सीबलनेस एण्ड स्पेसिफिक एभरेज एसएसए विकास गरेको बताएको छ । 

गुगलले औषत मानिसहरुले एसएसएमा ८६ प्रतिशतसम्म अंक प्राप्त गर्न सक्ने गरी निर्धारण गरेको छ । उक्त मेट्रिक तयार गर्न गुगलले आफ्ना कर्मचारीहरुबाट मीना र धेरैओटा अन्य ओपन डोमेन च्याटबटसँग करिब सयओटा खुला किसिमको कुराकानी गराएको थियो । 

टिमको अध्ययनमा रहेका अन्य च्याटबटहरुले ३१ देखि ५६ प्रतिशतको बीचमा अंक प्राप्त गरेका थिए भने मीनाले ७० प्रतिशत अंक प्राप्त गरेको थियो । यससँगै मीना अन्य च्याटबटको तुलनामा मानिसकै स्तरमा बातचित गर्ने सबैभन्दा उत्कृष्ट चयाटबूट बनेको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०