काठमाडौं । गुगलले आगामी अक्टुबर ११ देखि यसको क्लाउड सर्भिस गुगल ड्राइभको ट्रयाससम्बन्धी नीति परिवर्तन गर्ने भएको छ । यसअन्तर्गत ट्रयासमा रहेको फाइल ३० दिनपछि स्वत: डिलिट हुनेछ ।
हालसम्म गुगल ड्राइभमा ट्रयासभित्र रहेका फाइल अनिश्चितकालसम्म ड्राइभमै रहन्थ्याे। प्रयोगकर्ताले ट्रयासबाट पनि फाइल हटाए मात्रै स्थायी रूपमा डिलिट हुन्थ्याे ।
नहटाएका फाइलहरू लामाे समयपछि पनि रिस्टाेर गर्न सकिन्थ्याे । यसअघि लामो समयसम्म तपाईंको ट्रयासमा रहेका फाइलहरु लागि पनि अक्टुबर ११ पछि ३० दिनभित्रमा स्वतः डिलिट हुनेछ ।
अटोमेटिक ट्रयासिङ फिचरले धेरै प्रयोगकर्तालाई निराश बनाउन सक्छ । याे फिचरबारे प्रयाेगकर्तालाई जानकार बनाउन गुगल ड्राइभसँगै गुगल डक्स र गुगल फर्म्स एप्समा ब्यानर नाेटिफिकेशन थपेकाे छ ।