close

के साच्चिकै चीनको डिजिटल मुद्रा भविष्यमा डलरजस्तै विश्व मुद्रा बन्न सक्ला ?

टेकपाना टेकपाना

असोज ११, २०७७ २०:११

के साच्चिकै चीनको डिजिटल मुद्रा भविष्यमा डलरजस्तै विश्व मुद्रा बन्न सक्ला ?

आफ्नो क्रिप्टोकरेन्सी माइन्समा चाण्डलर गुओ

काठमाडाैं । चाण्डलर गुओ डिजिटल मुद्रा क्रिप्टोकरेन्सीका पायोनीयर हुन् । जसलाई सरकार र केन्द्रीय बैंकभन्दा स्वायत्त रहेर बनाउन र प्रयोग गर्न सकिन्छ । 

सन् २०१४ मा गुओले बिटक्वाइट उत्पादन गर्न पश्चिम चीनमा अपरेसन सेटअप गरे । बिटक्वाइन माइनिङ गर्न दर्जनौं कम्प्युटरसहित धेरै शक्तिको आवश्यक पर्दछ । यसकारण उनले स्थानीय चिनियाँ अधिकारीहरुसँगको साझेदारीमा जलविद्युत स्टेसनको बिजुली प्रयोग गरे । 

ती मसिनहरुले आफ्नो पिक टाइममा विश्वको ३० प्रतिशत बिटक्वाइन माइन गर्दथे । बिटक्वाइनले कुनै दिन विश्वलाई परिवर्तन गरी डलरलाई विस्थापन गर्ने गु‌ओको विश्वास छ । 

तर अहिले उनी नयाँ शक्ति उत्पन्न भइरहेको देखिरहेका छन् । चिनियाँ सरकारले बनाएको पेमेन्ट सिस्टम, जसलाई डिजिटल करेन्सी इलेक्ट्रोनिक पेमेन्ट (डीसीईपी) पनि भनिन्छ । 

यो चीनको अहिलेको आधिकारिक मुद्रा युआनको डिजिटल भर्सन हो । गुओ डीसीईपी विश्व मुद्रा बन्ने विश्वास गर्छन्, 

‘डीसीईपी सफल हुनेछ । किनभने चीन बाहिर पनि धेरै चिनियाँ मानिसहरु छन् । अहिले तीन करोड ९० लाख भन्दा धेरै चिनियाँहरु देश बाहिर छन् । यदि चीनसँग उनीहरुको कनेक्सन छ भने उनीहरुले डीसीईपी प्रयोग गर्नेछन् । उनीहरुले डीसीईपीलाई अन्तर्राष्ट्रिय मुद्रा बनाउन सक्छन् ।’ 

तर यो मुद्रा सफल हुने वा नहुने कुरामा आशंका छ । बेजिङले अन्तर्राष्ट्रिय जगतमाथि निगरानी गर्ने चिन्ताहरु पनि व्यक्त भइरहेका छन् । 

बिटक्वाइन जस्तै डीसीईपीले ब्लकचेन प्रविधिलाई प्रयोग गरेको छ । ब्लकचेन नेटवर्कभित्र भएका सबै कारोबारको युनिभर्सल रेकर्ड यसैभित्र हुन्छ । नयाँ कारोबार गर्दा पनि प्रयोगकर्ताहरुले भेरिफाइ गर्न सक्छन् । 

वास्तवमा यसको अभ्यास गर्न कुनै पनि किसिमको बैंक आवश्यक पर्दैन । मानिसहरुले फोनको मद्दतबाट भुक्तानी आदानप्रदान गर्नसक्छन् । 

चीनले यसै वर्षको अन्त्यसम्म डीसीईपीलाई सार्वजनिक गर्ने योजना बनाएको छ । तर यसलाई देशव्यापी रुफमा कहिले सार्वजनिक गर्ने भनेर पिपुल्स बैंक अफ चाइनाले कुनै पनि मिति तय गरिसकेको छैन । 

चीनले केही चुनिन्दा शहरहरुमा यस वर्षको सुरुवातमा उक्त डिजिटल मुद्राको परीक्षण गरेको थियो । जब यो रोलआउट हुनेछ, तब प्रयोगकर्ताहरुलाई यसले आफ्नो बैंक कार्डमा डाउनलोड गर्न इलेक्ट्रोनिक रुपमा लिङ्क गर्ने अनुमति दिन्छ । यसबाट प्रयोगकर्ताहरुले कारोबार गर्न र पैसा ट्रान्सफर गर्न सक्दछन् ।

समयतालिकाको बारेमा अनुमान गर्न गाह्रो छ । तर पिपुल्स बैंक अफ चाइना अहिले यो विकासलाई तीब्र गति दिन धेरै दबावमा छ । किनभने फेसबुकको डिजिटल करेन्सी लिब्रा विश्व मुद्रा नबनोस् भन्ने उनीहरुको चाहना छ । 

यदि यस्तो भयो भने अमेरिकाले अहिले नियन्त्रण गरेको वित्तीय प्रणालीभन्दा त्यो खराब हुने बेजिङमा आधारित ट्रिभियमका विश्लेषक लिङहाओ बाओ बताउँछन् । 

पर्यवेक्षकहरुका अनुसार चिन युआनलाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छ । ता कि त्यसले डलरसँग प्रतिस्पर्धा गर्न सकोस् । 

चीनको क्रिप्टोकरेन्सीका एक पर्यवेक्षक बिटफुल भन्छन्, ‘यदि अन्य केही मुलुकहरुले पनि चिनियाँ मुद्रा प्रयोग गर्न सके भने यसले अमेरिकाको मौद्रिक वर्चश्वलाई अन्त्य गर्नेमा चिनियाँ सरकार विश्वास गर्छ । अमेरिकाले अहिलेको विश्व वित्त प्रणालीलाई अस्त्र बनाएको छ ।’

‘केही परम्परागत बैंकिङ प्रणालीले गरिब मुलुकहरुको सेवा गर्न सक्दैन । परम्परागत बैंकिङ प्रणालीमा तपाईंको १० डलर मात्र छ भने बैंकले तपाईंबाट पैसा बनाउन सक्दैन । तर डिजिटल करेन्सीमा भने सबैलाई प्रवेश गर्ने अधिकार हुन्छ । यसमा प्रवेश गर्न थ्रेसहोल्ड निकै थोरै हुन्छ । ’ 

त्यसो त फेसबुकले पनि आफ्नो अर्को डिजिटल मुद्रा लिब्रा अगाडि सारेको छ । तर यसलाई लिएर पनि चीनले चिन्ता व्यक्त गरेको छ । फेसबुकले अर्को वर्ष ई वालेट नोभी सार्वजनिक गर्ने योजना बनाएको छ । यसले एउटा स्ट्याण्डअलोन एपको रुपमा काम गर्नेछ । तर यो म्यासेन्जर र ह्वाट्सएप दुवैमा चल्नेछ । 

दुवै पक्ष वित्तीय लडाँईमा जान सक्छन् । यद्यपी हालसम्म कुनै ठूलो घम्साघम्सी परिसकेको अवस्था भने छैन । पैसाको भविष्यको सन्दर्भमा अमेरिकाभन्दा चीन अगाडि रहेको बिटफुल विश्वास गर्छन् ।

चीनको डिजिटल पेमेन्ट सिस्टम विश्वकै सबैभन्दा अत्याधुनिक छ । चीन अहिले क्यासलेस समाजतिर गइरहेको छ । सन् २०१९ मा उसका प्रत्येक पाँच मध्ये चारवटा पेमेन्टहरु टेन्सेन्टको विच्याट र अलिबाबाको अलिपेबाट हुने गर्दथ्यो । 

‘अमेरिका विश्व वित्तीय प्रणालीको नेता हो । तर उनीहरुसँग डिजिटल मुद्रामा परिवर्तन ल्याउने चीनको जस्तो उत्प्रेरणा छैन,’ बिटफुल भन्छन्, ‘‘चीन शक्ति बाँड्न चाहन्छ । तर लिब्रा अमेरिकाको लागि एउटा ब्याकअप प्लान मात्र हो ।’

अन्य गरिब मुलुक र चीनमा पनि धेरै मानिसहरु गाउँमा बसोबास गर्छन् । उनीहरुसँग साह्रै थोरै पैसा छ । तर पनि उनीहरु स्मार्टफोन प्रयोग गरिरहेका छन् । यदि तपाईं स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईं डीसीईपी प्रयोग गर्न सक्नुहुन्छ । 

तर डीसीईपी एउटा केन्द्रीकृत र राज्यद्धारा सञ्चालित मुद्रा हो । तर बिटक्वाइन र इथेरियम जस्तो यो राज्य नियन्त्रणबाट स्वत्नत्र छैन । 

तर धेरै बिटक्वाइन प्रेमीहरु डीसीईपी चिनियाँ कम्प्युनिष्ट दलको निगरानीको हतियार बन्न सक्ने त्रास महसुस गर्छन् ।  रियल टाइममा कति पैसा खर्च भयो भनेर प्रशासनले हेर्न पनि सक्छन् । चिनियाँ सरकारको नियन्त्रण डीसीईपीमा पनि युआनमा जस्तै रहनेछ । 

‘डीसीईपी बिटक्वाइनको विरोधाभाषी छ । क्रिप्टोकरेन्सीको अन्तिम लक्ष्य राज्य र पैसालाई एक अर्काबाट अलग्याउनु हो,’ हङकङका क्रिप्टोकरेन्सीका विज्ञ स्टेवार्ट म्याकेञ्जी भन्छन्, ‘जब डीसीईपी विश्वबाट नै अलग छ, त्यस्तो अवस्थामा उनीहरुलाई यो बिटक्वाइन जस्तै हो भन्न सजिलो छ ।’ 

यसमा लिङ्घाओ बाओ पनि सहमति व्यक्त गर्छन् । ‘डीसीईपी केन्द्रीकृत नियन्त्रणमा रहेको आइडियामा रहेर बनेको छ । बिटक्वाइनको मूल्य यसको विकेन्द्रीकृत प्रकृतिमा निर्भर छ र वित्तीय व्यवस्थाभन्दा भिन्न छ,’ बाओ अगाडि भन्छन् ।

‘म बिटक्वाइनमा बढी विश्वास गर्छु । किन भने यो वास्तवमै मसँग सम्बन्धित छ,’ बिटफुल भन्छन् । 

बीबीसीबाट अनुवादित ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०