close

लेनोभोले सार्वजनिक गर्‍यो नयाँ स्मार्टफोन के १२ र के १२ प्रो

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १५:४

लेनोभोले सार्वजनिक गर्‍यो नयाँ स्मार्टफोन के १२ र के १२ प्रो

काठमाडौं । स्मार्टफोन ब्राण्ड लेनोभोले के १२ सिरिज चीनमा सार्वजनिक गरेको छ । तर यी दुबै फोन चिनियाँ बजारका लागि रिब्राण्ड मोटोरोला फोनहरु हुनेछन् । 

के १२ मोडल मोटोरोलाको मोटो ई सेभेन प्लस जस्तै छ भने के १२ प्रो मोडल मोटो जी नाइन पावर जस्तै छ । मोटोरोलाका यी दुबै मोडलहरु गत महिना युरोपमा सार्वजनिक भएका थिए । 

लेनोभोको यी दुई मोडलको कुरा गर्दा यो सिरिजको बेस मोडल के १२ मा ६.५ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले छ । जसमा वाटरड्रप नच र आठ मेगापिक्सल्सको सेल्फी क्यामेरा रहेको छ ।

यसमा स्नापड्रागन ४६० चिपसेट छ । र्‍यामको कुरा गर्दा चार जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । 

यस मोडलमा तपाईले ४८ मेगापिक्सलको प्राइमेरी क्यामेरा र २ मेगापिक्सलको डेप्थ सेन्सर पाउन सक्नुहुन्छ । यस्तै ब्याट्रीको कुरा गर्दा यसमा ५ हजार एमएएचको ब्याट्री र एन्ड्रोइड १० अपरेटिङ सिस्टम भर्सन रहेको छ । 

लेनोभो के १२ को मूल्य अन्तराष्ट्रिय बजारमा १२२ डलर रहेको छ । तर यसको प्रारम्भिक बिक्रीले यसको मूल्य घटाएर १०७ डलर बनाइदिएको छ । 

यस्तै अर्को के १२ प्रो मोडलको कुरा गर्दा यसमा ६.८ इन्चको एलसीडी छ जसमा बेस मोडल जस्तै एचडी रेज्युलेसन छ । बायाँ कुनामा १६ मेगा पिक्सलको सेल्फी शूटर पन्च होल कटआउट छ ।

फोनमा ६४ मेगापिक्सलको प्राइमेरी क्यामेरा र म्याक्रो शूटका लागि २ मेगापिक्सलको क्यामेरा छ । यसमा स्नापड्रागन ६६२ प्रोसेसर र चार जीबी र्‍याम छ ।

स्टोरेजको कुरा गर्दा यसमा १२८ जीबीको स्टोरेज छ । यसमा ६ हजार एमएएचको ब्याट्री ब्याकअप र २० वाटको चार्जर छ । 

यस फोनको मूल्य भने १५३ डलर रहेको छ । तर बेस मोडल जस्तै प्रारम्भिक बिक्रीमै देखिएको अलोकप्रियताका कारण यसको मूल्य १३७ डलरमा झरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०