close

भोलि ग्यापुको १२ः १२, हरेक घण्टा छुट्टाछुट्टै क्याटेगरीका सामान सेलमा राखिने

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १६:४२

भोलि ग्यापुको १२ः १२, हरेक घण्टा छुट्टाछुट्टै क्याटेगरीका सामान सेलमा राखिने

                                                                                                                                    काठमाडौं । ग्यापु मार्केटप्लेसले भोलि शनिबार १२ः१२ लाइभ सेल आयोजना गर्ने भएको छ । शनिबार दिउँसो १२ बजेदेखि बेलुका १२ बजेसम्म चल्ने उक्त सेलमा हरेक घण्टा छुट्टाछुट्टै क्याटेगरीका सामान सेलमा राखिनेछ ।

उक्त सेलबारे  ग्राहकले ग्यापुको फेसबुक लाइभ मार्फत थाहा पाउन सक्नेछन् । ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ईसेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । त्यस्तै डेलिभरीकै समयमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । यसैगरी ग्राहकले डेलिभरीको समयमा नगदै समेत भुक्तानी दिन सक्नेछन् ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४