close

नोकियाको पहिलो ल्यापटप सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ ९:१७

नोकियाको पहिलो ल्यापटप सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नोकियाले आफ्नो पहिलो ल्यापटप बजारमा ल्याएको छ । कम्पनीले ईकमर्स कम्पनी फ्लिपकार्टमार्फत नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप सार्वजनिक गरेको हो ।

यो ल्यापटपको मूल्य ९५ हजार ९८४ रुपैयाँ राखिएको छ । नोकिया प्योरबूक एक्स फोर्टिनको प्रि बुकिङ १८ डिसेम्बरदेखि सुरु हुनेछ ।

८ जीबी डीडीआर४ र्‍याम तथा ५१२ जीबी एनभीएमई एसएसडीका साथ आएको यो ल्यापटपमा दशौं पुस्ताको इन्टेल आई फाइभ क्वाडकोर प्रोसेसर राखिएको छ । विण्डोज टेन ओएसका साथ आएको यो ल्यापटपमा १४ इन्चको फुल एचडी एलईडि ब्याकलिट स्क्रिन रहेको छ ।

यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८६ प्रतिशत रहेको छ । नोकिया प्योरबूक एक्स फोर्टिनको तौल १.१ किलोग्राम रहेको छ ।

केवल १६.८ एमएम मोटाई रहेको यो ल्यापटप निकै स्लिक डिजाइनमा तयार भएको छ । यसमा मजेदार साउण्डका लागि डल्बी अडियो सपोर्ट दिइएको छ ।

साथै राम्रो ग्राफिक्सका लागि यसमा तपाईंले १.१ गिगाहर्ज टर्बो जीपीयूसँगै इन्टिग्रेटेड इन्टेल यूएचडी ६२० ग्राफिक्स कार्ड समेत पाउन सक्नुहुनेछ । यो ल्यापटपमा ८ घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ । ब्याट्री फास्ट चार्ज गर्न यसमा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ ।

कनेक्टिभिटीका लागि यो ल्यापटपमा डुअल ब्याण्ड वाईफाई, ब्लुटुथ ५.१, यूएसबी ३.१, यूएसबी २.०, सिंगल एचडीएमआई पोर्ट र एउटा आरजे ४५ पोर्ट राखिएको छ । ल्यापटपमा सिंगल अडियो आउटपोर्ट तथा एउटा माइक पोर्ट समेत दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४