close

पुस २१ देखि डिशहाेममा हलिउड फिल्म ‘टार्गेट नम्बर वान’

टेकपाना टेकपाना

पुस २०, २०७७ १८:१५

पुस २१ देखि डिशहाेममा हलिउड फिल्म ‘टार्गेट नम्बर वान’

काठमाडौं । डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पुस २१ गतेदेखि हलिउड चलचित्र ‘टार्गेट नं. वान’ रिलिज हुने भएको छ ।

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमले नयाँ चलचित्रको रुपमा ‘टार्गेट नं. वान’ ल्याएको हो ।

याे चलचित्र हरेक दिन विहान ७ बजे, १० बजे, दिउँसो १ बजे र ४ बजे, बेलुकी ७ बजे र १० बजे सिनेमाघर इन्टरनेशनल च्यानलमा नंं ९९९ मा हेर्न सकिनेछ ।

उक्त च्यानलमा प्रयोगकर्ताले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सक्ने कम्पनीले जनाएको छ ।

यसको अर्थ हलिउड चलचित्र ‘टारगेट नं. वान’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने तपाईंले छनोट गरेर हेर्न सक्नुहुनेछ । उक्त फिल्म हेर्नका लागि आईभीआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अपनाउन सकिनेछ ।

अथवा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६, टोल फ्री नं. १६६००१२२००० मा फोन पनि सेवा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१