close

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभी निःशुल्क

टेकपाना टेकपाना

माघ २२, २०७७ १६:४५

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभी निःशुल्क

काठमाडौं । डिशहोम फाइबर नेटले ‘सिम टिभी अज्जबको फाइदा, गज्जबको अफर’ सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत डिशहोमको फाइबरनेट जडान गर्दा सेवाग्राहीले सिम टिभीको मासिक शुल्क तिर्नुपर्ने छैन ।

हाल डिशहोमको फाइबर नेट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उपलब्ध छ । फाइबर नेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेज छन् । डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा कम्पनीले ड्रुप वायर समेत निःशुल्क प्रदान गर्दै आएको छ ।

भैंसेपाटी, नख्खु, कपन, बाैद्ध, पेप्सीकोला लगायतका ठाउँमा सञ्चालन हुँदै आएको फाइबर नेट लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

लामो समयदेखि केबल टिभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवर्क प्रालिले पछिल्लो समयमा इन्टरनेट सेवा पनि सञ्चालन गरिरहेकाे छ ।

नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधिबाट एउटा फाइबर वायरबाट इन्टरनेट र टिभी चल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१