काठमाडौं । माइक्रोसफ्टले आफ्नो अथेन्टिकेटर एपका लागि ठूलो अपडेट रोलआउट गरेको छ । जसले स्वचालित रूपमा तपाईंको युजर नेम र पासवर्डले लगइन भरिदिन्छ ।
कम्पनीले सार्वजनिक गरेको यो नयाँ अटोफिल फिचरले अब सम्पूर्ण डिभाइस तथा प्लेटफर्मभरी काम गर्नेछ ।
यसको अर्थ अब तपाईंले एज वेब ब्राउजरमा आफ्नो माइक्रोसफ्ट अकाउन्टमा कुनै पनि क्रेडेन्शियल स्टोर गर्नुभएको छ भने त्यसलाई एक्सेस गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले अथेन्टिकेटरको पासर्वड ट्याबमा गएर पहिले लगइन गर्नुपर्छ ।
अथेन्टिकेटरको पाटो सिङ्क पुरा भएपछि पूर्ण हुन्छ । जब तपाईं कुनै पनि एप खोल्नुहुन्छ वा वेबसाइट भिजिट गर्नुहुन्छ, तब यसले तपाईंको पासवर्डलाई अटोफिल सुविधा प्रदान गर्दछ । तर यसका लागि अथेन्टिकेटर एपमा तपाईंले लगइन जानकारी सेभ गर्नुपर्ने हुन्छ ।
माइक्रोसफ्टले अथेन्टिकेटर एपलाई एज (Edge) का लागि मात्र नभएर यसमा क्रस प्लेटफर्म पासवर्ड अटोफिल फिचर प्रदान गरेको छ । यसैले गुगल ब्राउजरमा पनि तपाईंले अटोफिल एक्सटेन्सन पाउनुहुनेछ ।
यदि एजमा तपाईंको क्रेडेन्शियल प्रारम्भिक रुपमा सेभ भएर बसेको छ र त्यसलाई क्रोममा पनि प्रयोग गर्न चाहनुहुन्छ भने त्यस फिचरले क्रोमको ब्युल्ट इन अटोफिल फिचरकै रुपमा काम गर्नेछ ।
एजमा नगई क्रोमभित्रै आफ्नो क्रेडेन्शियललाई सम्पादन वा डिलिट समेत गर्न सक्नुहुन्छ । यस एपको अपडेटसँगै माइक्रोसफ्टले यसमा क्रोम तथा केही लोकप्रिय पासवर्ड म्यानेजर र सीएसभी फाइलबाट पासवर्ड पनि आयात गर्न सक्नेछन् ।