close

व्यावसायिक रुपमा चल्ने विद्युतीय सवारीलाई नबिल बैंकको डिजिटल ऋण

टेकपाना टेकपाना

पुस २२, २०७९ ८:२९

व्यावसायिक रुपमा चल्ने विद्युतीय सवारीलाई नबिल बैंकको डिजिटल ऋण

काठमाडौं । व्यावसायिक रुपमा चल्ने विद्युतीय सवारीलाई नबिल बैंकले डिजिटल ऋण उपलब्ध गराउने भएको छ । अलोइ प्रा. लिले सुरु गरेको ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्नको लागि नबिल बैंक लिमिटेडले अलोइसँग सम्झौता गरेको हो । 

सम्झौता अनुसार नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ ।

यसको अर्थ अलोइको मार्फतबाट व्यावसायिक रुपमा चलिरहेको विद्युतीय टेम्पु, माइक्रो तथा बसले आफ्नो सवारीको ब्याट्री लगायत अन्य मर्मतको लागि साथै नयाँ सवारी खरिदको लागि नबिल बैंकबाट सहज रुपमा डिजिटल ऋण प्राप्त गर्न सक्नेछन् । 
 
नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दिगो वित्तपोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेहिकललाई सहज रुपमा ऋण प्रवाह गर्न यो सम्झौताले धेरै सहयोग गर्ने शाक्यले विश्वास व्यक्त गरे । 

नबिल बैंकले व्यावसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई पनि आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण दिदैँ आएको छ । 

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ ८:२९