close

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत ८, २०७९ १३:५६

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस दर्ताको एकीकरणपछि खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ ।

रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्नेछन् । ईपीएस कोरिया विदेशी कामदारहरूलाई व्यवस्थापन गर्न सरकारले ल्याएको प्रणाली हो ।

यस सुविधाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “अहिले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ । किनभने यसले प्रयोगकर्ताहरूलाई धेरै तरिकामा फाइदा पुर्‍याउँछ । हामी यस पहलसँग आबद्ध हुन पाउँदा गर्व गर्छौँ र प्रयोगकर्तालाई सुविधाजनक भुक्तानी समाधान प्रदान गर्ने आशा गर्दछौँ ।''

यस्तो छ शुल्क भुक्तानी गर्ने तरिकाः  
- खल्तीको होमपेजमा जानुहोस् ।
- 'पपुलर गभर्मेन्ट सर्भिसेस' मा ट्याप गर्नुहोस् ।
- 'ईपीएस कोरिया व्यवस्थापन शुल्क' छनाेट गर्नुहोस् ।
- आफ्नो राहदानी नम्बर दाखिला गरी विवरण भर्नुहोस् ।
- भुक्तानी प्रक्रिया छनोट गरी भुक्तानी गर्नुहोस् । 
 
वैदेशिक रोजगारीमा जानेहरूले खल्तीमार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन्, जसअन्तर्गत तीन लाख रुपैयाँसम्मको इन्स्योरेन्सको लाभ प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यसका साथै प्रयोगकर्ताले खल्तीबाट DOFE बीमा र DOFE वेलफेयरको लागि पनि भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १३:५६