close

आईटी ग्लोबलले खोल्यो इनोभेसन सेन्टर, सफ्टवेयर तथा हार्डवेयर सिस्टमको परीक्षण गरिने

टेकपाना टेकपाना

चैत १०, २०७९ १७:४३

आईटी ग्लोबलले खोल्यो इनोभेसन सेन्टर, सफ्टवेयर तथा हार्डवेयर सिस्टमको परीक्षण गरिने

काठमाडौं । नेपालका लागि डेल टेक्नोलोजिजको आधिकारिक वितरक आईटी ग्लोबलले ‘इनोभेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रम गर्दै आईटी ग्लोबलले कमलादीस्थित आफ्नो कार्यालयमा इनाेभेसन सेन्टर सञ्चालनमा ल्याएको जानकारी दियाे ।

यस सेन्टरमा कम्पनीका संस्थागत ग्राहक तथा साझेदारले तयार पारेका डेटा सेन्टरका लागि आवश्यक हार्डवेयर तथा सफ्टवेयर सिस्टमलाई परीक्षण तथा मूल्याङ्कन गरिने बताइएकाे छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्व कर्माकारले नेपालमै आधुनिक इनाेभेसन सेन्टर खाेलिएकाे बताउँदै यसबाट नवीन प्रविधिकाे जाँच, अनुभव तथा परामर्श सेवा लिन सकिने जानकारी दिए ।

“हाम्रा क्लाइन्ट वा पार्टनरले यस सेन्टरमा आफ्नो सफ्टवेयर, हार्डवेयर तथा प्रविधिसँग सम्बन्धित विभिन्न परियाेजनाकाे परीक्षण गर्न सक्नेछन्,’ उनले अगाडि भने, ‘यहाँ  एप्लिकेसन, डेटाबेस र अपरेटिङ सिस्टमबीचको इन्टरअपरेबिलिटी पनि जाँच गरिन्छ ।” इनोभेसन सेन्टरले प्रविधि विकास र कार्यान्वयनमा देखिएकाे अन्तर कम गर्ने उनले विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १८:५८