वैदेशिक रोजगारको श्रम अनुमति र पुनः श्रम स्वीकृति प्रदेश तहबाटै अनलाइनमार्फत दिइने
जेठ ५, २०८० १८:२०
काठमाडौं । सरकारले वैदेशिक रोजगारको श्रम अनुमति र पुनः श्रम स्वीकृति प्रदेश दहबाटै अनलाइनमार्फत उपलब्ध गराउने भएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। राष्ट्रपति पौडेलका अनुसार त्यस्तै वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाइका लागि २४ सै घण्टा हटलाइन सेवा समेत सञ्चालन गरिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:२०
