close

१० हजार बढीले अवलोकन गरे सफ्टवेरिका कलेजको प्रविधि मेला

टेकपाना टेकपाना

साउन १५, २०८० १५:३२

१० हजार बढीले अवलोकन गरे सफ्टवेरिका कलेजको प्रविधि मेला

 

काठमाडौं । साउन ११ देखि १४ सम्म चलेको सफ्टवेरिका कलेजको टेक एक्स्पोमा १० हजार बढीले अवलोकन गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षा क्षेत्रका विभिन्न परियोजनाहरूको प्रदर्शनी गर्न उक्त मेला आयोजना गरिएको थियाे ।

“विशेष गरेर कक्षा ११/१२ अध्ययनरत विद्यार्थीहरू, आईटी क्षेत्रमा रुचि भएका विभिन्न व्यक्तिहरू, कम्पनीका प्रतिनिधिहरू एक्स्पोमा आउनुभयो,” कलेज प्रमुख प्रमोड पौडेलले भने, “सूचना प्रविधिको क्षेत्रमा रुचि भएकालाई यो एक्स्पो निकै उपयोगी रह्यो ।”

त्यस्तै उनले जुन उद्देश्य राखेर एक्स्पो गरिएको हो, त्यो पूरा भएको पनि बताए । “आईटी पढिरहेका विद्यार्थीले यस्ता यस्ता काम पनि गर्न सक्छन् है भनेर देखाउन यो एक्स्पो आयोजना गरिएको थियो । जुन पूरा भयो,” उनले भने ।

एक्स्पोमा परियोजना प्रदर्शनीसँगै रोबोटहरूबीच युद्ध (रोबो वार) गराइएको थियो । ११ समूह सम्मिलित उक्त प्रतिस्पर्धा लिगस्तरमा गराइएको थियो । जसमा भाइपर स्ट्राइक (Viper Strike) समूह प्रथम भयो । उनीहरुलाई कलेजले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेको थियो । त्यस्तै काजाडोर (Cazador) समूह दोस्रो भयो । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे ।

यसबाहेक एक्स्पोमा स्मार्ट एसिस्ट, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली, स्मार्ट प्रिसिजन एग्रिकल्चर, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट लगायका परियोजाहरू गरी ३० भन्दा बढी स्टल राखिएका थिए ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १५:३४