close

नौ महिनाअघि एलन मस्कको हातमा परेको थियो ट्वीटर, उनले ‘एक्स’ बनाइदिए

टेकपाना टेकपाना

साउन २७, २०८० १६:४६

नौ महिनाअघि एलन मस्कको हातमा परेको थियो ट्वीटर, उनले ‘एक्स’ बनाइदिए

काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्समा विगत नौ महिनामा थुप्रै परिवर्तनहरू भए । स-साना फिचरहरू परिवर्तन हुनेदेखि अन्तिममा नाम नै परिवर्तन हुने अवस्था आयो ।

यससँगै एक्सकी प्रमुख कार्यकारी अधिकृत लिन्डा एकारिनोले ब्लगमार्फत विगत नौ महिनामा के के परिवर्तन भए, के नयाँ फिचर आए भनेर उल्लेख गरेकी छिन् ।

“हामीले एक्सको भविष्य निर्माण गर्दै जाँदा, यसको नवीनताको गति आफैं बोल्छ,” उनले एक ब्लगमा लेखेकी छिन्, “यदि नौ महिनामा हामी यतिका कुरा हासिल गर्न सक्छौं भने, अर्को वर्षमा हाम्रो महत्वाकांक्षाको दायरा तपाईं आफैं कल्पना गर्न सक्नुहुन्छ ।”

यस्ता छन् ट्वीटरमा विगत नौ महिनामा भएका प्रमुख परिवर्तनहरू

नोभेम्बर २०२२

- ११/०१ - लिगेसी भरिफिकेसन सब्स्क्रिप्सन मोडेलमा परिणत 

- ११/०९ -आगामी महिनादेखि‍ ट्वीटरले विभिन्न कुराहरू परिवर्तन गर्ने मस्कको घोषणा

- ११/२३ - विज्ञापनमा सुधार 

डिसेम्बर २०२२

- १२/१२- विवादित ब्लु भेरिफिकेसन पुनः सार्वजनिक

- १२/१२ - ब्लु सब्स्क्राइबरले १० मिनेटसम्मको भिडिओ अपलोड गर्न पाउने सुविधाकाे घाेषणा

- १२/१२- कम्युनिटी नोट्स फिचर विश्वरभर सार्वजनिक 

- १२/१८ - एन्जासेन्सी कन्टरोल्स सार्वजनिक

- १२/१९ - प्रोफाइलमा ब्लु, गोल्ड र ग्रे चेकमार्क समावेश

- १२/१९ - आधिकारिक संस्था वा कम्पनीसँग आबद्ध अकाउन्टले भेरिफाइड चेक पछाडि कम्पनीको लोगो राख्न पाउने फिचर सार्वजनिक

- १२/२१ - क्याशट्यागका लागि युजर एक्सपिरियन्स अपग्रेड 

- १२/२२ - ट्वीट भ्यु काउन्ट फिचर सार्वजनिक 

- १२/२३ - ब्लु सब्स्क्राइबरलाई एक घण्टा लामो भिडिओ अपलोड गर्ने सुविधा 

जनवरी २०२३

- ०१/१० - ‘होम’ र ‘लेटेस्ट’ ट्याबलाई हटाएर ‘फर यु’ र ‘फलोविङ’ ट्याब समावेश

- ०१/१७ - बायाँपट्टि रहेको भ्यु काउन्ट आइकनलाई दायाँपट्टि सारियाे 

- ०१/२० - पोस्टको डिटेलबाटै आईओएसमा बुकमार्क गर्न सकिने फिचर सार्वजनिक

- ०१/२४ - किवर्ड्स एड्स फिचर सार्वजनिक 

- ०१/२४ - वेबमा प्रयोगकर्ताले ट्वीट फिड जहाँसम्म प्रयोग गरेर छोडेका थिए, अर्को पटक खोल्दा त्यही अवस्थामा पुर्‍याउने फिचर सार्वजनिक

- ०१/२५ - थर्ड पार्टी ब्रान्ड सेफ्टी सार्वजनिक 

फेब्रुअरी २०२३

- ०२/०१ - अपिल प्रोसेस सार्वजनिक (यस्तो फिचर जहाँ जोकोहीले पनि आफ्नो सस्पेन्ड भइको अकाउन्ट रिभ्यु गराइमाग्न सक्ने । यदि नयाँ मापदण्ड अनुसार अकाउन्ट सस्पेन्ड नहुने रहेछ भने अकाउन्टलाई फिर्ता गरिने फिचर) 

- ०२/०३ - विज्ञापनबाट हुने आम्दानी क्रियटरलाई बाँड्ने कार्यक्रम सार्वजनिक 

- ०२/०८ - ब्लु सब्स्क्राइबरले चार हजार क्यारेक्टरको पोस्ट राख्न पाउने सुविधा सार्वजनिक 

- ०२/२१ - प्रयोगकर्ताले नोटिफिकेसन देख्न पाउने सुविधा सार्वजनिक 

मार्च २०२३

- ०३/१६ - कुनै पनि पोस्ट कति पटक बुकमार्क भएको छ भन्ने हेर्न सकिने फिचर अपडेट

- ०३/२० - शुल्क नतिर्ने प्रयोगकर्ताको अकाउन्टबाट टु-फ्याक्टर अथेन्टिकेसन सुविधा हटाइयाे 

- ०३/२१ - एड्जासेन्सी कन्ट्रोल विस्तार (प्रयोगकर्ताले २००० ह्यान्डल्स र किवर्ड्स समावेश गर्न सक्ने) 

‍- ०३/२१ - ट्वीटरमा स्प्रिङ एलआर कम्पनीले हेट स्पिचको रिच हुने तथ्य बाहिरियाे 

- ०३/२३ - सीमित देशमा मात्र उपलब्ध भएको ब्लु सब्स्क्रिप्सन विश्वभर उपलब्ध 

- ०३/३० - विश्वभर भेरिफाइड अर्गनाइजेसन फिचर सार्वजनिक

- ०३/३१ - ट्वीटरको एल्गोरिदम ओपन सोर्स बनाइयाे 

अप्रिल २०२३

- ०४/१३ - क्याशट्याग प्रडक्ट सार्वजनिक 

- ०४/१३ - क्रियटर सब्स्क्रिप्सन प्रोग्राम सार्वजनिक (सुपर फलो) 

- ०४/१४ - विश्वभरका योग्य कम्पनीलाई भेरिफाइड अर्गनाइजेसन फिचर उपलब्ध 

- ०४/१५ - एआई बटमा सुधार (बट अकाउन्टले फर यु पेज हेर्न नपाउने) 

- ०४/१७ - इन्फोर्समेन्ट फिलोसोफी सार्वजनिक 

- ०४/२० - शुल्क नतिर्ने प्रयोगकर्ताको लिगेसी चेकमार्क हटाइयाे 

- ०४/२५ - २१औं ट्रान्सपेरेन्सी रिपोर्ट सार्वजनिक 

- ०४/२८ - क्रियटर सब्स्क्रिप्सन विश्वभर सार्वजनिक 

मे २०२३

- ०५/०५ - डीएममा भ्वाइस मेसेज पठाउन सकिने फिचर सार्वजनिक 

- ०५/०५ - विभिन्न फिचरहरू जस्तै; लामो भिडिओ सपोर्ट, डीएम रिप्लाईको यूआई,ड्राफ्ट्स र शेड्युअल पोस्टको यूआई आदि कुराको बेटा टेस्टिङ

-०५/०९ -  नयाँ डीएम फिचर सार्वजनिक (डीएममा आएका मेसेज सहजै रिप्लाइ गर्ने सुविधा, डीएममा आएका मेसेजमा ईमोजी रियाक्ट गर्ने सुविधा)

-०५/०९ - भ्वाइस र भिडिओ कल फिचर ल्याउने घोषणा 

- ०५/११ - ब्लु सब्स्क्राइबरका लागि इन्क्रिप्टेड डीएमको पहिलो संस्करण उपलब्ध

- ०५/१८ - ब्लु सब्स्क्राइबरले दुई घण्टा लामो भिडिओ अपलोड गर्न पाउने फिचर

- ०५/१८ - विश्वभर भ्वाइस डीएम पठाउन सकिने फिचर सार्वजनिक 

- ०५/१८ - डेस्कटप साइटमा प्रयोगकर्ताले लिस्ट सर्च गर्न पाउने फिचर सार्वजनिक 

- ०५/२५ - फास्ट प्लेब्याक गर्न सकिने र पिक्चर-इन-पिक्चर मोड फिचर सार्वजनिक 

जुन २०२३

- ०६/०१- डबल भेरिफाई थर्ड पार्टी ब्रान्ड सेफ्टी (बेलायत, अस्ट्रेलिया, क्यानेडा र न्युजिल्यान्डमा सार्वजनिक) 

- ०६/०६ - ब्लु सब्स्क्राइबरले एक घण्टासम्मा अपलोड गरेका पोस्ट एडिट गर्न पाउने 

- ०६/१२ - ग्रुप डीएममा १०० जनासम्म जोडिन पाउने सुविधा 

- ०६/१९ - ब्लु सब्स्क्राइबरले २५ हजार क्यारेक्टरसम्मको पोस्ट राख्न पाउने 

- ०६/ २० - स्क्रिन मिररिङ इन्टिग्रेसन फिचरमा सुधार 

- ०६/२७ -  एप्पल टीभी प्लसबाट आउने ‘सिलो’को पहिलो एपिसोड ट्वीटरममा 

- ०६/२८ - ब्लु सब्स्क्राइबरका लागि हाइलाइस्ट ट्याब सार्वजनिक 

- ०६/३० - ग्रुप डीएममा १५० जना प्रयोगकर्तासम्म जोडिन पाउने 

जुलाई २०२३

- ०७/०१ - फास्ट फर्वार्ड र ब्याकवार्ड गर्न डबल ट्याप गरे पुग्ने फिचर

- ०७/०२ - भेरिफाइड अकाउन्टले आठ हजार, अनभेरिफाइडले ८०० र नयाँ अनभेरिफाइड प्रयोगकर्ताले दैनिक ४०० पोस्ट मात्र देख्न पाउने 

- ०७/०३ ‍- ट्वीट डेक (अहिलो प्रो नाम दिइएको टुल) परिमार्जन 

-०७/०५ - ब्लु सब्स्क्राइबरका लागि नयाँ अकाउन्ट एनालिटिक्स फिचर सार्वजनिक

- ०७/०६ - भेरिफाइड संस्थाका लागि जब लिस्टिङ गर्न सकिने फिचर परीक्षण गर्न लागेको घोषणा 

- ०७/०७ - कम्युनिटिज र डीएम ग्रुप च्याट सुधारका लागि सर्कल फिचरमा सीमितता

- ०७/१० - आईओएसमा भिडिओका लागि एयरप्ले बटन समावेश

- ०७/१३ - कन्टेन्ट क्रियटरलाई पहिलो पटक आम्दानी बाँडियाे

- ०७/१४ - स्पाम मेसेजको सङ्ख्या घटाउने भन्दै डीएममा नयाँ सेटिङ समावेश

- ०७/१७ - कम्युनिटी स्पोटलाइट मोड्युल सार्वजनिक 

- ०७/२१ - डीएममा नयाँ फिचर ल्याउँदा स्पाम मेसेज ७० प्रतिशतले घटेको दाबी

- ०७/२४ - आधिकारिक रूपमा ट्वीटरलाई एक्समा रिब्रान्ड गरियाे 

- ०७/२५ - भेरिफाइड प्रयोगकर्ताले भिडिओ डाउनलोड गर्न पाउने फिचर सार्वजनिक 

- ०७/२६ - १८ ओटा नयाँ देशमा कम्युनिटी नोट्स फिचर सार्वजनिक 

- ०७/२८ - विश्वभर एड्स रेभेन्यु शेयरिङ सार्वजनिक

पछिल्लो अध्यावधिक: साउन २७, २०८० १७:३