close

गुगल ड्राइभका सबै फाइल एकै पटक डाउनलोड गर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २५, २०८० १८:२२

गुगल ड्राइभका सबै फाइल एकै पटक डाउनलोड गर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । इन्टरनेटको पहुँचमा हुने अधिकांश प्रयोगकर्ता आफ्ना विभिन्न फाइल गुगल ड्राइभमा भण्डारण गर्ने गर्छन् । विशषगरी फोटो, भिडिओ, डकुमेन्ट लगायत अन्य लिङ्कहरू भण्डारण गर्न गुगल ड्राइभ उपयुक्त प्लेटफर्म मानिन्छ ।

निःशुल्क यो प्लेटफर्ममा १५ जीबीसम्मको डेटा वा फाइल भण्डारण गर्न सकिन्छ । तर, शुल्क तिरेको खण्डमा भने २ टीबीसम्म क्लाउड स्टोरेज प्राप्त गर्न सकिन्छ । हामीले डेटा भण्डारणका लागि प्रयोग गर्ने गुगल ड्राइभबाट सबै फाइल एकै पटक डाउनलोड गर्नुपर्ने अवस्था आउन सक्छ ।

विशेषगरी आफ्ना फाइलको ब्याकअप अफलाइनमा राख्न, अन्य स्टोरेज सेवा उपलब्ध गराउने प्लेटफर्ममा भण्डारण गर्न, गुगल अकाउन्ट दिन नमिल्ने तर गुगल ड्राइभमा भण्डारण भएका फाइलमा पहुँच दिन, फाइलहरू अफलाइन एडिट गर्न, भरिएको गुगल अकाउन्टको स्टोरेज कम गर्न गुगल ड्राइभका सबै फाइल डाउनलोड गर्नुपर्ने अवस्था आउन सक्छ ।

यहाँ हामी गुगल ड्राइभमा भएका सम्पूर्ण फाइल एकैपटक कसरी डाउनलोड गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं:

-सबैभन्दा पहिले यहाँ क्लिक गरी टेकआउट डट गुगल डटकममा जानुहोस् । (याद गर्नुहोस् यो लिङ्क ब्राउजरमा खोल्नुपर्ने हुन्छ भने सो ब्राउजरमा तपाईंको गुगल अकाउन्ट लिङ्क भएको हुनुपर्छ ।)

-अनि क्लिक अ न्यु एक्सपोर्ट (Click A New Export) भन्दा तल रहेको डिस्लेक्ट अल (Deselect all) बटनमा क्लिक गर्नुहोस् ।

 

-यति गरेपछि पेज स्क्रोल गर्दै तल गएर 'ड्राइभ' (Drive)अप्सन छान्नुहोस् । 

-त्यसपछि स्क्रोल गर्दै अन्तिममा रहेको नेक्स्ट स्टेप (Next Step) को बटनमा क्लिक गर्नुहोस् । 

 

-अनि डेस्टिनेसन (Destination) को अप्सन तल डिफल्ट रूपमा सेन्ड डाउनलोड लिङ्क भाया ईमेल छानिको हुन्छ । (यसको अर्थ डाउनलोड गर्ने लिङ्क ईमेलमा आउँछ भनिएको हो । त्यसैले यहाँ केही नगर्नुहोस् ।)

-तल पनि केही गर्नुपरेन । यदि तपाईंलाई अन्य तरिकाले फाइल डाउनलोड गर्ने चाहना छ भने त्यहाँ देखाइएका विभिन्न विकल्प प्रयास गर्न सक्नुहुन्छ ।

-यति भइसकेपछि क्रियट एक्सपोर्ट (Create Export) को बटनमा क्लिक गर्नुहोस् । 

-त्यसपछि तपाईंको फाइल साइज अनुसार डाउनलोड गर्ने लिङ्क प्राप्त हुने समय निर्भर हुन्छ । लिङ्क तयार भइसकेपछि ईमेलमा लिङ्क प्राप्त हुन्छ । अनि तपाईंले सोही लिङ्क प्रयोग गरी आफ्नो डिभाइसमा गुगल ड्राइभका सबै फाइल डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १८:३३