काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले आफ्नो गुमेको साख पुनः फिर्ता ल्याउने प्रयासमा देखिएको छ । कम्पनीले मेट ६० स्मार्टफोनसँगै बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको हो ।
चीनको सेक्युरिटी टाइम्समा मङ्गलवार प्रकाशित एक समाचार अनुसार ह्वावे टेक्नोलोजीले सन् २०२३ को दोस्रो अर्ध वार्षिक अवधिमा आफ्नो मेट ६० सिरिजका स्मार्टफोनको बजार लक्ष्य २० प्रतिशतले बताएको हो ।
कम्पनीले अङ्ग्रेजी वर्ष २०२३ मा न्यूनतम तीन करोड नयाँ स्मार्टफोन बजारमा पठाउने लक्ष्य राखेकोमा पछिल्लो पटक त्यसलाई संशोधन गर्दै चार करोड पुग्ने अपेक्षा राखेको रिपोर्टमा उल्लेख छ । यद्यपि ह्वावेले भने यो विषयका सन्दर्भमा तत्कालै कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।