close

सीटीईभीटीको सदस्य सचिवका लागि आवेदन माग

टेकपाना टेकपाना

भदौ २९, २०८० १५:१५

सीटीईभीटीको सदस्य सचिवका लागि आवेदन माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिवका लागि आवेदन माग गरेको छ । एक सूचना प्रकाशित मन्त्रालयले याे पदका लागि आवेदन आह्वान गरेकाे हाे ।

रिक्त भएको सदस्य सचिवको पदमा परिषद्को नियमावली २०५१ को नियम ३ क. को उपनियम (३) तथा अनुसूची बमोजिम योग्यता पुगेका व्यक्तिहरूले असोज ४ गतेसम्म मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखामा निवेदन दिनुपर्ने छ ।

सूचना अनुसार सीटीईभीटीमा कार्यरत कर्मचारीले मात्र आफ्नो व्यावसायिक कार्य योजना सहित निवेदन दिन सक्नेछन् । प्राप्त निवेदनहरूबाट राष्ट्रिय योजना आयोगको (शिक्षा हेर्ने) सदस्यको अध्यक्षतामा गठन हुने तीन सदस्यीय सिफारिस समितिले नयाँ सदस्यसचिव छनोट गर्नेछ ।

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १५:१५