close

हाम्रोपात्रोको मेगा रिलिज, अहिलेसम्मकै ठूलो अपडेट सार्वजनिक

टेकपाना टेकपाना

फागुन ९, २०८१ १०:४६

हाम्रोपात्रोको मेगा रिलिज, अहिलेसम्मकै ठूलो अपडेट सार्वजनिक

काठमाडौं । लोकप्रिय नेपाली एप ‘हाम्रोपात्रो’ ले नयाँ यूआई र थुप्रै नयाँ सुविधासहित ‘मेगा रिलिज’ सार्वजनिक गरेको छ । यस संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यस अपडेटपछि प्रयोगकर्ताले आफ्नो गुगल क्यालेन्डर हाम्रोपात्रोसँग सिङ्क गर्न सक्नेछन् । कम्पनीका अनुसार अब सबै महत्त्वपूर्ण मिति तथा इभेन्टहरू एकै स्थानमा व्यवस्थापन गर्न सजिलो भएको छ । साथै, ‘Customize Hamro Services’ फिचरमार्फत प्रयोगकर्ताले आफूले चाहेका सुविधालाई प्राथमिकता दिन सक्नेछन् । फन्ट साइज परिवर्तन गर्न सक्ने, मल्टीपल कन्ट्री टाइम जोन्स हेर्न सक्ने, आईओएस प्रयोगकर्ताका लागि नोट्स लेख्ने र कमेन्ट गर्ने सुविधा थपिएको छ । एड-फ्री सब्स्क्रिपसन सहितको सदस्यता (मेम्बरसिप) सुविधाले प्रयोगकर्तालाई विशेष लाभ प्रदान गर्ने कम्पनीको विश्वास छ ।

यसपटकको अपडेटमा प्रयोगकर्ताले एपमै रहेर इभेन्टहरूको टिकट खरिद गर्न सक्नेछन् । ‘हाम्रो पे’ वालेट , मोबाइल बैंकिङ र कनेक्ट आईपीएस जस्ता भुक्तानी विकल्पमार्फत सहज रूपमा टिकट खरिद गर्न सकिन्छ । हाम्रो पात्रोकी निर्देशक सुदिना गौतम भन्छिन् , “यो हाम्रो पात्रोको अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट हो । नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ ल्याउन पाउँदा हामी उत्साहित छौं । प्रयोगकर्ताले पनि यसलाई उत्तिकै रुचाउनुहुनेछ भन्ने विश्वास छ ।”

 

पछिल्लो अध्यावधिक: फागुन ९, २०८१ १०:४६