काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा सञ्चालित ब्रोडब्यान्ड सेवाको वर्तमान अवस्थाबारे स्थानीय तहहरूलाई १५ दिनभित्र विवरण बुझाउन अनुरोध गरेको छ । बिहीबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले ग्रामीण क्षेत्रमा सञ्चालित ब्र...
