close

Fact Check

काठमाडौँ । अप्रिल १८, २०२५ देखि सामाजिक सञ्जाल फेसबुकमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा पाटे बाघ देखिएको भन्दै केही तस्बिरहरू भाइरल भइरहेका छन् । धेरै प्रयोगकर्ताले सडकमा हिँडिरहेको बाघको तस्बिर शेयर ...

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले रातिको समयमा महिलालाई कुटेको देखिने एउटा भिडिओले चर्चा पाइरहेको छ । काठमाडौं ठमेलको एउटा नाइट क्लबमा प्रहरी सिभिल ड्रेस छिरेको र अश्लीलताले ...

काठमाडौँ । शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुकमा एक बालक हर्राे बेच्दै गरेको फोटो एकाएक भाइरल छ । धेरैले यो फोटो पोस्ट गर्दै ‘यी बालकले ८० रुपैयाँको हर्रो बेच्दा सरकारले १५ रुपैयाँ ...

  काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जालमा टिकटक बनाउने क्रममा एक महिलालाई नदीले बगाएको भिडिओ भाइरल भइरहेका छन् । भिडिओमा एक महिला नदीको किनारबाट बिचतिर गइरहेकी देखिन्छिन् । यत्तिकैमा उनी चिप्लिएर ...

काठमाडौं । शुक्रबार सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतमा निकै दुःख पाएको भन्ने दाबीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा रास्वपा ...

काठमाडौं । गत शुक्रबार (२२ चैत) मा बुढानीलकण्ठस्थित निवासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि त्यही ...

About Techpana Fact Check

टेकपाना मिडिया प्रालि सन् २०१९ मा स्थापित प्रविधिमा केन्द्रित नेपालकै अग्रणी सञ्चार माध्यम हो । प्रविधि क्षेत्रलाई नजिकबाट नियाल्ने र यसलाई कर्मथलो बनाउने १५ बढी पत्रकार यहाँ कार्यरत छन् । यसको केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा छ भने अधिकांश पत्रकार काठमाडौंमै कार्यरत छन् । 

टेकपानाले नेपाली भाषीहरूलाई प्रविधिप्रति जागरुक र सचेत बनाउँदै प्रविधि क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूलाई न्यूनिकरण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रविधिसँग सम्बन्धित विश्वभरका विविध विषयलाई समेटेर टेकपानाले समाचार, विश्लेषण र विचार प्रस्तुत गर्छ । टेकपानाले नेपाली प्रविधि समुदायलाई प्रोत्साहन गर्दै प्रविधिको विकासमा सक्रिय भूमिका खेल्दै आएको छ ।

स्थापनाको छोटो अवधिमै टेकपानाले निष्पक्ष, भरपर्दो र विश्वसनीय सञ्चार माध्यमको छवी बनाएको छ । यसले नेपालमा प्रविधि चेतनाको अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने र अफवाह फैलाउने सामग्रीलाई स्थापना कालदेखि नै टेकपानाले निगरानी गरी तथ्यपरक समाचार प्रकाशन गर्दै आएको छ । पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा भ्रामक सूचनाको प्रसार बढ्दो छ र प्रविधिको सहज पहुँचले जो कोहीलाई पनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्न सक्ने बाटो सरल बनाइदिएको छ । यसले गर्दा विभिन्न देशहरू अपुष्ट र मिथ्या सूचनाले आक्रान्त भएका छन् र नेपाल पनि यसबाट टाढिन सकेको छैन । 

डिजिटल साक्षरताको अभावले गर्दा नेपाली प्रयोगकर्तालाई झुक्याउन र भ्रममा पार्न सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र मिथ्या सूचनाहरू छिटो फैलिने क्रम बढेको छ । सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी शिक्षा र चेतनाको अभावले पनि विभिन्न प्लेटफर्मबाट फैलिने अपुष्ट, भ्रामक तथा मिथ्या सूचनालाई प्रश्रय मिलेको छ । इन्टरनेटमा भएका सामाजिक सञ्जालबारे जानकारी दिंदै आएको टेकपानाले त्यसबाट फैलिने अपुष्ट, मिथ्या र भ्रामक सूचना तथा समाचारलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गरी समाचारका रूपमा प्रकाशन गर्दै आएको थियो । र, ‍पछि प्रक्रियागत हिसाबले फ्याक्ट चेक सामग्री प्रकाशन गर्ने प्रण गर्‍यो ।

यस्तो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै टेकपानाले सामाजिक सञ्जालमा फैलिने अपुष्ट, भ्रामक र मिथ्या सूचना विरुद्ध लड्न औपचारिक रूपमा १० फागुन २०८१ देखि फ्याक्टचेक (तथ्य जाँच) टिम निर्माण गरेको थियो । त्यही समयदेखि टेकपाना फ्याक्ट चेकले इन्टरनेस्नल फ्याक्ट चेकिङ नेटवर्क (आईएफसीएन) को आचारसंहिता पालन गरी निरन्तर फ्याक्ट चेक सामग्री प्रकाशन गर्दै आएको छ । टेकपानाको यस अभियानले अपुष्ट, भ्रामक तथा मिथ्या सूचनाको पहिचान गरी सत्यतथ्य जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ । टेकपाना फ्याक्टचेक सम्पादकिय विभागभित्रको एक निर्दिष्ट फ्याक्ट चेकिङ युनिट हो । टेकपाना कुनै पनि पक्षलाई समर्थन वा विरोध गर्दै वा कसैलाई प्रश्रय मिलोस् भन्ने हेतुले तथ्यजाँच गर्दैन । यो प्रमाणसहित पारदर्शी रूपमा अपुष्ट, मिथ्या तथा भ्रामक सूचना पहिचान गर्दै त्यसैलाई चिरफार गर्ने काम गर्छ । यसमा कुनै पक्षको हस्तक्षेप हुँदैन भन्नेमा टेकपाना प्रतिवद्ध छ । टेकपाना आफूले प्रकाशन गर्ने हरेक फ्याक्टचेक सामग्रीमा स्पष्ट रूपमा प्रमाण राख्नुका साथै प्रक्रिया पारदर्शी बनाउनेतर्फ अग्रसर छ । टेकपानाका कुनै पनि फ्याक्टचेक सामाग्रीमा उल्लेख भएका प्रक्रिया अपनाएर जोकोहीले आफैं पनि तथ्यजाँच गरिदिन सक्छन् ।

फ्याक्टचेक अभियान सुरु गर्नुअघि टेकपानाले आफ्ना पत्रकारहरूको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिएको छ । यसै क्रममा नेपालको प्रतिष्ठित तथ्य जाँच संस्था नेपाल चेकका सम्पादक दीपक अधिकारीद्वारा टेकपानाको समाचारकक्षमा यहाँका पत्रकारलाई तथ्य जाँच सम्बन्धी विशेष तालिम प्रदान गरिएको थियो । साथै टेकपानाले आफ्ना पत्रकारहरूलाई तथ्य जाँच सम्बन्धी विभिन्न कार्यशालामा पनि सहभागी गराउँदै आएको छ ।

आईएफसीएनको सहयोगमा भारतको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का तथ्य जाँचकर्ता एवम् प्रशिक्षक प्रत्युश रञ्जन र आषिशा सिंह राजपुतले हाइब्रिड मोडेलमा आधारित तथ्य जाँच तालिम सञ्चालन गरिरहेका छन् । यो छ महिने तालिम भौतिक र भर्चुअल माध्यमबाट भइरहेको छ । । 

फण्डिङ

टेकपाना फ्याक्टचेक टेकपाना मिडिया प्रालिको लगानीमा सञ्चालित मिथ्या सूचना विरुद्धको अभियान हो । 

१८ सेप्टेम्बर २०१९ मा स्थापना भएको टेकपानाको वित्त व्यवस्थापन स्वलगानीमा आधारित छ । यसको मुख्य आयस्रोत समाचारमा राखिने विज्ञापन हो । यसले वेबसाइटका साथै मोबाइल एप र सामाजिक सञ्जालका विभिन्न माध्यममा शब्द र भिडिओका रूपमा समाचार प्रकाशन गर्छ । टेकपाना फ्याक्ट चेक टिमको खर्च विज्ञापनबाट भएको आम्दानीमार्फत व्यवस्थापन हुन्छ । टेकपाना कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिबाट चन्दा स्वीकार गर्दैन ।

टेकपाना विगत पाँच वर्षदेखि निष्पक्ष रिपोर्टिङप्रति दृढ छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि राजनीतिक दललाई समर्थक गर्दैन । साथै राष्ट्रिय वा अन्तर्राष्ट्रिय विवादमा कहिल्यै कुनै पक्षको समर्थन गर्दैन । यो प्रतिवद्धता टेकपानाको दैनिक समाचार प्रकाशनमा स्पष्ट झल्किन्छ । टेकपानामा प्रविधिसँग सम्बन्धित विभिन्न समाचार पारदर्शी स्रोत, वस्तुनिष्ठता र कुनै पनि राय विना प्रस्तुत गरिन्छ । टेकपानाले आफ्ना पत्रकार एवम् फ्याक्टचेकरलाई पत्रकार आचार संहिता पूर्ण रूपमा पालन गराउँदै आएको छ ।

 

टेकपाना मिडिया प्रा‍‍. लि.

महादेवस्थान, कोटेश्वर काठमाडौं, नेपाल

Email: [email protected]

Web: techpana.com

फोन: 01-5244861

सूचना विभाग दर्ता नं. १५४१/७६-७७

प्रेस काउन्सिलः १८३७-२०७६/७७

कम्पनी रजिष्ट्रारको कार्यालयः २१६८५८/७५/०७६ 

फ्याक्टचेकका लागि: [email protected]

मोबाइल: ९८५१०४४४५८

एन्ड्रोइड, आईओएस, फेसबुक, एक्स, इन्स्टाग्राम, थ्रेड्स, युट्युब, टिकटक

 

Our Team

टेकपानाको फ्याक्ट चेक टिमलाई सम्पादक शिव बस्नेतले नेतृत्व गरिरहेका छन् । उनले फ्याक्ट-चेकिङ अभियानको नेतृत्व गर्दै यसलाई टेकपानाको दैनिक सम्पादकीय गतिविधिको अभिन्न हिस्सा बनाएका छन् । टेकपानामा तथ्य जाँचको दृष्टिकोण, लक्ष्य र समग्र रणनीति निर्धारण गर्ने जिम्मेवारी उनको काँधमा छ ।

दाबीको छनोटदेखि अनुसन्धान सम्पादन, नयाँ फ्याक्ट-चेकरको प्रशिक्षणसम्मका विविध काममा उनी सहभागी भइरहेका हुन्छन् । टेकपानाको फ्याक्ट-चेक टिमले कम्पनीको स्थापित कार्यविधि अनुरूप काम गर्दै पत्रकारको सञ्जालमार्फत स्रोत जुटाउने, तथ्य प्रमाणित गर्ने र फ्याक्टचेक सामग्री तयार पार्ने काम गर्छ ।

टेकपाना प्रविधि क्षेत्रका विविध पक्षबारे आम सर्वसाधारणलाई सरल र बुझिने भाषामा सूचना दिने, सचेत गराउने र देशभित्र प्रविधिका क्षेत्रमा देखिएका वेथिती न्यूनिकरण गर्ने अभियानमा सक्रिय छ । यही उद्देश्यलाई अघि बढाउँदै टेकपानाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने मिथ्या र भ्रामक सूचनालाई न्यूनीकरण गर्न ‘फ्याक्ट चेकिङ’ अभियान सुरु गरेको हो ।

टेकपानाले नेपालमा सामाजिक सञ्जालको प्रयोग र पत्रकारितालाई अझ तथ्यमा आधारित र विश्वासयोग्य बनाउने लक्ष्य लिएको छ । साथै टेकपानाका सबै पत्रकारहरूलाई तथ्य जाँच प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउन प्रेरित गर्दै आएको छ र त्यसका लागि आवश्यक मार्गदर्शन तथा सहयोग प्रदान गरिरहेको छ ।

Below are the details of the Techpana Fact Check team:

शिव बस्नेत

शिव बस्नेत टेकपाना मिडियाका समाचार सम्पादक हुन् । पत्रकारितामा करिब डेढ दशकदेखि क्रियाशील उनी तथ्य-जाँच, समाचार कक्ष र सम्पादकीय प्रक्रियाको व्यवस्थापनमा दख्खल राख्छन् । गलत सूचनाको प्रवाह रोक्न र तथ्यपरक समाचार सम्प्रेषण गर्न प्रतिबद्ध बस्नेतले भारतको प्रतिष्ठित समाचार संस्था पीटीआई (प्रेस ट्रस्ट अफ इन्डिया) फ्याक्टचेकबाट प्रदान गरिएको विशेष प्रशिक्षण समेत लिएका छन् । पत्रकारितामा सूचना प्रविधि क्षेत्रलाई मुख्य विधा बनाएका बस्नेतले लिभिङ विथ आईसीटीद्वारा आयोजित आईसीटी अवार्ड कार्यक्रममा 'आईसीटी जर्नालिस्ट अवार्ड २०१७' प्राप्त गरेका थिए । पत्रकारिताका साथै, उनी विभिन्न सूचना प्रविधि सम्बन्धी कम्युनिटी तथा संस्थाहरूमा संलग्न छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गरेका छन् ।

अर्पाना आले मगर

अर्पना आले मगर टेकपाना मिडियाकी रिपोर्टर हुन् । उनी पत्रकारितामा करिब एक दशकदेखि समाचार संकलन तथा लेखनमा कार्यरत छिन् ।  उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी हुन् । आर्थिक पत्रकारिताबाट पत्रकारिता सुरु गरेकी उनी टेकपानामा विगत चारवर्षदेखि कार्यरत छिन् । हाल टेकपानाको फ्याक्ट चेक टिम अन्तर्गत रहेर अनलाइन माध्यमबाट फैलने मिथ्या तथा भ्रामक सूचनाहरूको तथ्य जाँच गर्ने काम गरिरहेकी छिन्

हिक्मत आचार्य

हिक्मत आचार्य विगत पाँच वर्षदेखि डिजिटल मिडियामा सक्रिय छन् । आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक पढ्दै गरेका उनले पर्यटनबाट लेखन थालेका थिए । अहिले उनी साइबर सुरक्षा, सामाजिक सञ्जाल, स्टार्टअप, फिनटेक जस्ता क्षेत्रमा कलम चलाउँदै आएका छन् । यूएसवाईसी, सीएमआर नेपाल, एएफपी आदिबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल पत्रकारिता र फ्याक्टचेक जस्ता विषयमा आचार्यले विभिन्न प्रमाणपत्र प्राप्त गरेका छन् । यसका साथै उनले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का प्रशिक्षकहरूबाट तथ्य जाँचको विशेष तालिम पनि लिएका छन् ।

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती विगत तीन वर्षदेखि डिजिटल मिडियामा सक्रिय छिन् । त्रिभुवन विश्वविद्यालयको रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत उनले फिचर लेखन गर्दै आफ्नो पत्रकारिताको यात्रा सुरु गरेकी थिइन् । हाल उनी टेकपानामा स्टार्टअप र शिक्षा क्षेत्रमा कलम चलाइरहेकी छिन् । प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का प्रशिक्षकहरूबाट तथ्य जाँचको विशेष तालिम लिएकी उनी कपाना फ्याक्ट चेक टिममा आबद्ध रहेर तथ्य जाँच समेत गर्दै आइरहेकी छिन् ।

Methodology

टेकपाना न्युजरुमका सम्पादक र पत्रकार सही, अपुष्ट, सम्भावित भ्रामक तथा मिथ्या सूचनालाई निरन्तर निगरानी गरिरहेका हुन्छन् । हाम्रो टिमले खासगरी नेपालमा बढी प्रयोग हुने सामाजिक सञ्जाल प्लेटफर्ममा शङ्कास्पद सामग्री र मिथ्या सूचना फैलाउने पोस्ट ट्र्याक गर्छ । तथ्य जाँचको लागि सम्भावित दाबीको स्रोत र पहिचान गर्न हामी हाम्रा समाचार विभाग, विज्ञ, तथ्य जाँच टिमका साथै हाम्रा पाठकमा निर्भर छौं । हामी प्रत्येक सम्भावित दाबीको तथ्य जाँचका लागि तल उल्लेखित विधि अपनाउँछौँ ।

१. हामी तथ्यजाँचको सामग्री कसरी चयन गर्छौं ?
टेकपानाको तथ्य जाँच टिम शङ्कास्पद सामग्री वा मिथ्या सूचना भएका दावी पहिचान गर्न आफ्नै पत्रकारको सञ्जालमा निर्भर छ । हाम्रो टिमले दैनिक बैठक गरी कुन दाबीको तथ्य जाँच गर्ने भन्ने विषयमा निर्णय गर्छ, जहाँ दाबीको महत्त्व र प्रभावलाई ध्यानमा राखिन्छ । हामी सधैँ निष्पक्ष रहन्छौँ र कुनै पनि दाबीको तथ्य जाँच गर्दा निम्न कारकहरूलाई आधार मान्छौँ:

  • के यो तथ्य हो वा राय हो ?

  • के यो दावी सार्वजनिक हितमा छ ? के यसले दर्शक तथा पाठकलाई प्रभाव पर्न सक्छ ?

  • के यस जानकारीले कुनै व्यक्ति, समुदाय, समाज वा राष्ट्रका लागि हानिकारक वा खतरनाक परिणाम निम्त्याउन सक्छ ?

  • के यो जानकारी विभिन्न अनलाइन प्लेटफर्ममा व्यापक रूपमा फैलिँदै छ अथवा ध्यान आकर्षित गर्दै छ ?

  • के यो सामग्रीले आम जनमानसलाई भ्रममा पार्न खोजिरहेको छ ?

हाम्रो टिमले सार्वजनिक व्यक्तित्व (जस्तै राजनीतिज्ञ र सेलिब्रेटी) देखि सामाजिक सञ्जाल प्लेटफर्म (एक्स, फेसबुक, टिकटक र ह्वाट्सएप सहित) सम्म गलत सूचनाका सबै सम्भावित स्रोतलाई निरन्तर निगरानी गर्छ । हामी हाम्रो सामाजिक सञ्जालका अकाउन्ट र ‌ईमेलमा आम पाठक, दर्शक वा स्रोताले पेस गरेका दावीलाई पनि समेट्छौं ।

२. दाबीको अनुसन्धान
टेकपाना तथ्य जाँच टिमले संरचित र व्यवस्थित नियम पालना गर्दै दावीको अनुसन्धान र प्रमाणीकरण गर्छ । यस प्रक्रियामा डिजिटल इन्भेस्टिगेटिभ टुल प्रयोग गर्नुका साथै तथ्य उपलब्ध गराउन सक्ने विश्वसनिय स्रोतसम्म पुग्ने प्रयत्न गरिन्छ । 

त्यसमा पनि टेकपाना टिमले कुनै विषय दावी गरिएको हो कि होइन र कुन सन्दर्भमा गरिएको थियो भनेर विस्तृत अध्ययन गर्छ । हाम्रो पत्रकार र विषय विज्ञको सञ्जालले प्रमाण खोजी गर्दै दाबीको वास्तविकता पत्ता लगाउने प्रयास गर्छ । टिमले सबै सम्भावित स्रोत मार्फत दाबीको सत्यता पहिचान गर्न खोज्छ । खासगरी स्रोत पहिचान गर्न हामी यी माध्यम रोज्छौं । तर, यी मात्र सीमित माध्यम भने होइनन् ।

  • सम्बन्धित क्षेत्र/कम्पनी/संस्था/सरकारमा रहेका विज्ञसँगको अन्तर्वार्ता

  • आधिकारिक प्रेस विज्ञप्ति

  • डेटाबेस

  • आधिकारिक प्रतिवेदन (कम्पनी प्रतिवेदन, सरकारी सूचना/फाइलिङ)

  • आधिकारिक सामाजिक सञ्जाल ह्यान्डल

  • विषय विज्ञहरू

  • अन्य (आवश्यकता अनुसार तथ्य प्राप्त गर्ने विविध स्रोतसम्म पुग्न सकिन्छ)

दावी प्रमाणित गर्न टेकपाना तथ्य जाँच टिमले अपनाउने विधि तल दिइएको छ-

क) टेकपाना तथ्य जाँच टिमले विभिन्न समाचर, लेख र दावी परम्परागत रूपमा मानव तथ्य जाँचकीमार्फत प्रमाणीकरण गर्छ । उनीहरूले आफ्नो अनुसन्धानका निष्कर्षसहित समाचारको सत्यता पुष्टि गर्दै फ्याक्टचेक सामग्री तयार गर्छन् ।

त्यसैगरी टिमले इन्टरनेटमा उपलब्ध विभिन्न तथ्य जाँच उपकरण प्रयोग गरी सम्पादन गरिएका तस्वीर, सम्पादित भिडिओ, नक्कली वा भ्रामक पोस्ट, मोर्फ गरिएका ट्वीट आदिलाई स्क्यान गर्दै सत्यता पत्ता लगाउने प्रयास गर्छ ।

ख) गुगल रिभर्स इमेज सर्च, इनभिड, वे ब्याक मेसिन, आर्काइभ टुडे, घोस्ट आर्काइभ जस्ता इन्टरनेट टुलको सूची निकै लामो छ । टेकपाना तथ्य जाँच टिमले भाइरल दावीको अनुसन्धान गर्दा आवश्यकतानुसार यी टुल प्रयोग गर्छ ।

ग) दावी प्रमाणित गर्न र तथ्य पत्ता लगाउन, टेकपाना तथ्यजाँच टिम प्राथमिक वा माध्यमिक स्रोतसम्म पुग्ने प्रयास गर्छ ।

घ) स्रोत/दावीसँग सम्बन्धित कुनै पनि व्यक्ति/अधिकारी वा दावी प्रमाणित गर्न विषयको व्यापक ज्ञान भएको विशेषज्ञसम्म पुग्छ ।

३. निष्कर्ष
माथि उल्लिखित स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर (एसओपी) अनुसार, टेकपाना तथ्य जाँच टिमले दावी प्रमाणित गर्छ र त्यसलाई सही, अपुष्ट, भ्रामक वा मिथ्याको रूपमा स्पष्ट तरिकाले वर्णन गर्दै निष्कर्ष निकाल्छ ।

प्रमाणीकरण प्रक्रियामा स्रोतको विश्वसनीयता र प्रामाणिकतामा कुनै सम्झौता गरिँदैन । प्रमाण स्थापित भएपछि निष्कर्ष निकालिन्छ र अन्तिम मूल्याङ्कन उक्त सामग्री सत्य, अपुष्ट, भ्रामक वा मिथ्या के हो, स्पष्ट रूपमा लेखिन्छ ।

 

  • सही (True): कुनै दाबी वा भनाइ पूर्ण रूपमा तथ्यका हिसाबले सही छ भन्ने प्रमाणित भएमा यसलाई ‘सही’ भनिन्छ । यसको अर्थ दाबीमा प्रस्तुत गरिएका सबै जानकारी विश्वसनीय स्रोतहरूबाट जाँचिएका छन् र तिनीहरू वास्तविक घटनाहरूसँग मेल खान्छन् भन्ने हो । कतिपय सूचना सही हुँदा हुँदै पनि तिनले अन्योलता सिर्जना गर्न सक्छन् । हामी त्यस्ता सामग्री जाँच गर्छौं । 

  • अपुष्ट (Unverified): कुनै दाबी वा भनाइलाई सही वा गलत हो भनेर यकिन गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको अवस्थामा यसलाई ‘अपुष्ट’ भनिन्छ । यसको अर्थ दाबीको समर्थन वा विरोध गर्ने पर्याप्त जानकारी फेला पार्न सकिएको छैन भन्ने हो । त्यस्ता सामग्रीको निष्कर्शमा हामी ‘अपुष्ट सूचना’ लेख्छौं ।

  • भ्रामक (Misleading): कुनै दाबी वा भनाइले मानिसहरूलाई भ्रममा पार्ने वा गलत निष्कर्षमा पुर्‍याउने गरी प्रस्तुत गरिएको छ भने त्यसलाई ‘भ्रामक’ भनिन्छ । यसमा तथ्यहरूलाई गलत तरिकाले प्रस्तुत गर्ने, महत्त्वपूर्ण जानकारी लुकाउने वा अस्पष्ट भाषा प्रयोग गर्ने जस्ता कार्यहरू समावेश हुन सक्छन् ।

  • मिथ्या (False): कुनै दाबी वा भनाइ तथ्यपरक रूपमा गलत प्रमाणित भएमा यसलाई ‘मिथ्या’ भनिन्छ । यसको अर्थ दाबीमा प्रस्तुत गरिएका जानकारी गलत छन् र तिनीहरू वास्तविक घटनाहरूसँग मेल खाँदैनन् । फ्याक्टचेकको सामग्रीमा हामी त्यस्ता दाबीलाई ‘मिथ्या सूचना’का रूपमा उल्लेख गर्छौं ।

४. तथ्य जाँच लेखन
सबै तथ्य जाँच सामग्री टेकपानाको वेबसाइटमा प्रकाशित हुन्छन्, जहाँ प्रत्येक तथ्य जाँचमा दावी र निष्कर्ष स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । सामाजिक सञ्जाल फेसबुकमा हामी पोस्ट बनाएर सामग्रीको लिङ्क कमेन्टमा उपलब्ध गराउँछौं । इन्स्टाग्राम र थ्रेड्समा राखिएको फ्याक्टचेक सामग्रीको लिङ्क लिङ्कइनबायो मा उपलब्ध गराइन्छ । एक्समा भने लिङ्क नै शेयर हुन्छ ।  

तथ्य तथा तिनलाई पुष्टि गर्ने प्रमाण पाठकले आफैं प्रमाणित गर्न सकून् र टिमले अपनाउने अनुसन्धान प्रक्रिया बुझ्न सकून् भन्ने उद्देश्यले रिपोर्ट सटीक र पारदर्शी रूपमा प्रस्तुत गरिन्छ । हामी निष्कर्षको स्पष्ट मार्ग कोर्दै गर्दै जानकारीलाई सहज र बुझ्न सरल बनाउन प्रयास गर्छौं । सम्पादकीय टिप्पणी गर्नबाट जोगिंदै, प्रत्येक तथ्य जाँचमा हामी गैर-पक्षपातपूर्ण, तटस्थ र निष्पक्ष अडानको नीति कायम राख्छौं ।

५. अद्यावधिक र सुधार
उपलब्ध जानकारीको गतिशीलतालाई ध्यानमा राख्दै, टेकपाना तथ्य जाँच टिम सधैं नवीनतम समाचार र अद्यावधिकको खोजीमा रहन्छ र आवश्यक परेमा लेख अद्यावधिक गर्छ ।

तथ्य जाँच टिमले फराकिलो सुधार नीति अपनाउँदै त्रुटि भएको अवस्थामा तुरुन्तै स्वीकार गर्छ र भूल सुधार प्रकाशित गर्छ । अद्यावधिक वा सुधार गरिएका सामग्रीमा परिमार्जित जानकारीको विवरणसहित मूल रिपोर्टमा अस्वीकरण समावेश गरिन्छ, जसले पारदर्शिता सुनिश्चित गर्छ ।

हाम्रो ईमेल ([email protected]) र हाम्रा आधिकारिक सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन। त्यसबाहेक हामीलाई विभिन्न माध्यमबाट प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ ।गर्छौं तथ्यजाँच आवश्यक पर्ने सामग्री पठाउन सक्नुहुन्छ । हामी त्यसको आवश्यकता विश्लेषण गरेर तथ्यजाँच) मार्फत

 

 

Corrections Policy

टेकपानाको त्रुटि सच्याउने र भुलसुधार गर्ने नीति स्पष्ट र पारदर्शी छ । संख्या, नाम, मिति र गलत उद्धरणसहित सबै तथ्याङ्कगत गल्तीलाई जति सक्दो चाँडो स्वीकार गरी सुधार गरिन्छ । सामग्रीको अन्तिमतिर हामीले के के सच्यायौं, पहिले कुन त्रुटी थियो भन्ने स्पष्ट रूपमा उल्लेख गर्छौं । यो नियम सामान्य टाइपोमा पनि लागू हुन्छ ।

टेकपाना तथ्य जाँच टिम टेकपानाको निष्पक्षता, पारदर्शिता र त्रुटि सच्याउने नीतिमा दृढ विश्वास राख्छ । टिमका सदस्य वकालतमा संलग्न हुँदैनन् वा नीतिगत मुद्दामा आफ्नो विचार सार्वजनिक गर्दैनन् । टेकपाना तथ्य जाँचले दावीको अनुसन्धान, स्रोत र सुधार सम्बन्धी आईएफसीएनको आचारसंहिता, दिशानिर्देश र नीति अनुसरण गर्दछ ।

टेकपाना तथ्य जाँचले टेकपानाको गैर-पक्षीय नीति र पारदर्शी तथ्य जाँच प्रक्रियाहरू पालना गर्छ र प्रत्येक तथ्य जाँच अनुसन्धानको लागि एउटै मापदण्ड प्रयोग गर्छ । टेकपाना डेस्कले प्रत्येक तथ्यको सत्यता पुष्टि गर्न एउटै प्रक्रिया अपनाउँछ । प्रमाणहरू संकलन गरेर अनुसन्धान गरिन्छ, जसले अन्तिम निष्कर्षलाई मार्गनिर्देशन गर्छ ।

टेकपाना तथ्य जाँचले पाठकलाई वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मार्फत जोडिन र टेकपाना तथ्य जाँचका सामग्रीमा आफ्ना गुनासो साझा गर्न प्रोत्साहित गर्छ । डेस्कले दावी र गुनासोको प्रामाणिकतालाई पुन: अनुसन्धान गर्छ । कुनै त्रुटि भएको खण्डमा डेस्कले तुरुन्तै स्वीकार गर्दछ र टेकपानाको सुधार नीति र आईएफसीएनको दिशानिर्देश अनुसार सुधार जारी गर्छ । अद्यावधिक/सुधार गरिएका फ्याक्टचेक सामग्रीका लागि, मूलसामग्रीमा गरिएको परिमार्जन/अद्यावधिक जानकारीको विवरणसहित अस्वीकरण थपिएको हुन्छ ।

Fact Check English

Kathmandu, April 9 (Hikmat Acharya/Shiva Basnet, TechPana Fact Check)- A video claiming that a person from Nepalgunj died after falling into a thresher while threshing wheat has been going viral ...