काठमाडौं । १७ सेप्टम्बर २०२४ लेबनानको स्थानीय समय अनुसार दिउँसो साढे ३ बजे, इस्लामिक संगठन हिज्बुल्लाहका सदस्यले बोकेका तीन हजार बढी पेजर एकसाथ विस्फोट भए । यी डिभाइस हिज्बुल्लाहका सदस्यहरू एक-अर्कासँग सञ्चार गर्न प्रयोग गर्थे । त्यस समयमा डिभाइस बोकेकाहरू कोही घरमा थि...
