close

नोट नाइन सिरिजमा १०८ मेगापिक्सेल भएको सस्तो रेड्मी फोन ल्याउँदै साओमी

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ १४:२४

नोट नाइन सिरिजमा १०८ मेगापिक्सेल भएको सस्तो रेड्मी फोन ल्याउँदै साओमी

काठमाडौं । साओमीले रेडमी नोट नाइन सिरिजमा थप तीन स्मार्टफोन ल्याउने भएको छ । लामो समयदेखि रेड्मी नोट टेन सिरिज आउने हल्ला चलेपनि साओमीले नोट नाइन सिरिजमै नयाँ मोडल थप्ने तयारी गरेकाे छ ।

नियमित रूपमा नयाँ नयाँ ग्याजेटबारे लिक गर्दै आएको डिजिटल च्याट स्टेशनले नोभेम्बरको दोस्रो सातातिर यी फाेन सार्वजनिक हुने उल्लेख गरेकाे छ ।

नयाँ फोनहरूमध्ये एक मोडलमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहने छ । यो रेड्मीको १०८ मेगापिक्सेल भएको पहिलो फोन हुनेछ ।

पछिल्लो एक वर्षमा साओमीकै एमआई नोट टेन, समसङ ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा लगायतमा १०८ मेगापिक्सेलको क्यामेरा छ । तर यी स्मार्टफोन ६० हजार रूपैयाँभन्दा माथि भएकाले जाेकसैले खरिद गर्न सक्दैनन् ।

रेड्मी नोट नाइन अन्तर्गत प्रो म्याक्स सबैभन्दा महँगो फोन हो, जसको मूल्य ३० हजारको हारहारीमा छ । यस कारण रेड्मी नाेट नाइन सिरिज अन्तर्गत नै सार्वजनिक हुन लागेकाे नयाँ फाेनकाे मूल्य पनि धेरै महँगाे नहुने अनुमान गरिएकाे छ ।

एन्ड्राेइड अथाेरिटीमा प्रकाशित समाचार अनुसार बजारमा १०८ मेगापिक्सेल क्यामेरा भएका फाेनमध्ये याे सबैभन्दा सस्ताे फाेन हुनेछ ।

फाेनकाे क्यामेरामा सामसङले केही महिना अघिमात्रै सार्वजनिक गरेको आईएसओसेल एचएम२ क्यामेरा सेन्सर प्रयोग गरिने उल्लेख गरिएको छ ।

साथै त्यसमा टेलिफोटो म्याक्रो क्यामेरा सेन्सर पनि प्रयोग गरिएकाे छ । यसले साओमीको रेडमी नोट टेन सिरिज अब के हुन्छ भन्ने प्रश्न भने उब्जाएको छ ।

अहिले नोट नाइनमा थप प्रडक्ट ल्याउने भएसँगै रेडमी नोट टेन सिरिजलाई सन् २०२१ को मध्यतिर सार्वजनिक गर्न सक्ने आँकलन गरिएको छ । यस विषयमा नोट नाइन सार्वजनिक कार्यक्रमबाट अझ धेरै कुरा बाहिर आउने अपेक्षा गरिएको छ ।

Digital Chat Station 108MP Redmi Note 9 series

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०