close

मोबाइल टपअपमा १५ प्रतिशत क्यासब्याक दिँदै सेल पे

टेकपाना टेकपाना

भदौ १७, २०७८ १४:३७

मोबाइल टपअपमा १५ प्रतिशत क्यासब्याक दिँदै सेल पे

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेल पे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।

यस योजना अन्तर्गत सेल पेका ग्राहकले हप्ताको एक पटक मोबाइल टपअपमा १५ प्रतिशत (रु.३०) रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीको दाबी छ ।

यसको प्लेटफर्मबाट वाास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका सुविधा प्रयोग गर्न सकिन्छ ।

सेल पेबाट विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव पाँच लाख मर्चेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर,P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।

साथै ग्राहकले CellPay Kart सेवामार्फत सजिलै घरमै बसी बसी विभिन्न सामान खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३